हाइफ्युचर फ्युचरफिट जोनर टीडब्लूएस इयरबड–हाइफ्युचर फ्लाइबड्स प्रो सार्वजनिक
काठमाडौं - नेपाली बजारमा पावर प्रडक्ट भेटाउन मुश्किल छ तर हामीले तपाईँका लागि यसको विकल्प ल्याएका छौं । हामीलाई गुणस्तरीय ग्याजेट किन्ने अझ अब्बल तरिका प्रस्तुत गर्न दिनुहोस् । हाइफ्युचरले उपभोक्ताको जीवनशैली अपग्रेड गरी आफ्नो समयतालिकामा सहज तरिकाले समन्वय गर्न सक्ने हिसाबले ग्याजेट सार्वजनिक गर्दै नेपालमा एउटा पावर–प्याक्ड सिजनको शुरुवात गर्न लागेको छ। हामी मानिसहरुको जीवन सकारात्मक रुपमा अझ सहज बनाउनका लागि प्रविधिले भरिपूर्ण शानदार उत्पादनहरु सार्वजनिक गर्दै विश्वभरी नै पुग्दैछौं ।
हाइफ्युचरमा हाम्रो टिमले लगाव र समर्पण देखाउँदै आफ्ना प्रिय उपभोक्तालाई गुणस्तरीय उत्पादन डेलिभर गर्न सक्षम भएका छन् ।
चाहेजस्तो वेयरिङ अनुभव
फ्युचरफिट जोन तथा फ्लाइबड्स प्रो विश्व बजारमा हालै सार्वजनिक भएका र २०२२ मा सबैभन्दा बढी बिक्री भएकामध्येका स्मार्टवाच र टीडब्लूएस इयरबड हुन् । यिनीहरु शानदार फिचरयुक्त सुपथ मूल्यका स्मार्टवाच र इयरबड हुन् । फ्युचरफिट जोन तथा फ्लाइबड प्रोले हरेक व्यक्तिले अपेक्षा गरे अनुसारको जीवनशैली प्रदान गर्छ ।
फ्युचरफिट जोनमा १.६९ इन्चको डिस्प्ले, २४८७ एसपीओ२ मनिटरिङ २० ओटा अलग अलग स्पोर्टस मोड रहेका छन् भने यसमा भएको अग्मेन्टेड भ्यूइङ एक्सपेरियन्सले सबैलाई आश्चर्यचकित बनाउँछ । लामो समय टिक्ने ब्याट्री तथा वाटर रेजिस्टेन्ट प्रविधिका कारण पानीबाट सुरक्षित रहने र जस्तोसुकै अवस्थामा लगाउन सकिने यो ग्याजेटलाई अपनाएर आफ्नो जीवनशैलीलाई नयाँपन दिनुहोस् । यसको मूल्य पाँच हजार चार सय ९९ रुपैंयाँ तोकिएको छ ।
हाम्रो सबैभन्दा बढी रुचाइएको उत्पादन फ्लाइबड्स प्रो इयरबडले हामीलाई विश्व बजारमा शानदार प्रदर्शनका लागि सशक्तिकरण गरिरहेको छ।हामीले कलरको वरपरबाट आउने आवाजलाई फिल्टर गरेर बिल्ट–इन ४माइक वातावरणीय न्वाइज क्यान्सलिङ प्रविधियुक्त उत्पादन डेलिभरी गर्ने प्रयास गरेका छौं । यसको मूल्य तीन हजार नौं सय ९९ रुपैंयाँ तोकिएको छ ।