images
images

रुसी ह्याकरद्वारा रोमानियाका सरकारी साइटलाई लक्षित गरी साइबर हमला

काठमाडौँ l रुस समर्थित ह्याकरहरुले युक्रेनको छिमेकी मुलुक रोमानियाका सरकारी वेबसाइटहरूले निशाना बनाएर साइबर आक्रमण गरेका छन् ।

रोमानियाको राष्ट्रिय साइबर सुरक्षा निकायले विज्ञप्ति जारी गर्दै रुस समर्थित ह्याकरहरुले सरकारी वेबसाइटलाई लक्षित गरी साइबर हमला गरेको जनाएको हो ।

कतारी टेलिभिजन च्यानल अल जजीराका अनुसार साइबर हमलाको श्रृङ्खलाले ‘सार्वजनिक प्रतिष्ठान एवम् निजी संस्थाहरुलाई’ लक्षित गरेको रोमानियाको साइबर सुरक्षा निकायले जनाएको छ ।

यसबाट भएको क्षतिको विवरण भने उपलब्ध गराइएको छैन । यद्यपि घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण थालेदेखि विश्वभर साइबर आक्रमणको खतरा बढिरहेका बेला रोमानियाली साइटहरुलाई लक्षित गरी ह्याकरहरुको आक्रमण भएको हो ।