images
images

चुनौती र अवसरले भरिएको हाम्रो समय

काठमाडौँ, १७ बैशाख:

हामी मानव सभ्यताको अत्यन्त संगीन घडीमा बाँचिरहेका छौं । यो यस्तो समय हो हामीले गर्नै पर्ने अत्यावश्यक काम के हो र भयंकर गरिबीको नतिजासँग सामना गर्न तत्काल गर्नुपर्ने अत्यावश्यक काम के के हुन् ? बुझ्नु आवश्यक छ । म किन यसो भन्दैछु ? यसभन्दा अगाडि बितेका ५,००० वर्षहरूमा न यस्तो खतरनाक स्थिति थियो, न त यस्तो खुसियालीपूर्ण सम्भावना नै प्राप्त गरेका थियौँ । पृथ्वीको जीवनको भविष्य वर्तमान समयमा अत्यन्त कहालीलाग्दो अवस्थामा छ । हामी एकपछि अर्को र पत्र—पत्र भई खप्टिएका चुनौती तथा संकटहरूको सामना गर्दैछौँ । यसमध्ये एउटा नै पनि निर्णायक हुन सक्छ । जस्तै, जलवायु परिवर्तनका नकारात्मक परिणाम, महिलाहरूलाई हेर्ने घृणित दृष्टिकोण, पुख्र्यौली गरिबी, एकाधिकार पद्धति, एकतन्त्रीय प्रणाली, पूर्वाग्रह र हिंसाको संस्कृति आदि । 


सम्पूर्ण प्रणालीको रूपान्तरण हुने क्रम प्रगतितर्फ उन्मुख छ र हामी पृथ्वीका मानव जातिका लागि सम्पूर्ण रूपमा नवप्रवर्तनतर्फ अथवा विगतकै परम्परालाई निरन्तरता दिने भन्ने दोसाँधमा उभिएका छौँ । यो कुरा यस कुरामा भर पर्छ कि हामी हाम्रो भावी जीवन र आफ्नो सुन्दर भविष्यको लागि हामी के गर्छौं ? पारिस्थितिक प्रणालीको ह्रास तथा जलवायु परिवर्तनको त्रास पृथ्वीको प्राकृतिक प्रणाली जसले बितेका १२ हजार वर्षदेखि मानवीय सभ्यतालाई टेवा दिँदै/कायम राख्दै आएकोछ, वर्तमान परिप्रेक्ष्यमा आमूल रूपमा परिवर्तन भइरहेछ । यसलाई मानव जातिले तुरुन्तै आत्मसात गर्दै सदियौंदेखि चलिआएको समाजको ढाँचालाई तत्काल परिवर्तन गरी नयाँलाई अवलम्बन गर्नु आवश्यक छ । विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनको असर र पारिस्थितिक प्रणालीको ह्रासको प्रभावका कारण हामी नै हौँ । हामीले सोच्यौँ कि हाम्रो ऊर्जा शक्तिको लागि ग्यासका उपकरण र प्रयोग हाम्रा लागि प्रभावकारी समाधान हुन्, तर तिनै (ग्याँस आदि) कुराहरू कालान्तरमा प्रत्युत्पादक हुन पुगेर अहिले हाम्रो जीवनयापन प्रणालीका आवश्यक तत्व वायु, जल, हिउँ, माटो, बोटबिरुवा, प्राणी आदिलाई ध्वस्त बनाइरहेका छन् । ग्यास, पेट्रोलियम पदार्थ तथा कोइलाजन्य वस्तुको प्रयोगले गर्दा यसबाट निस्कने धुवाँ, कार्बन डाइअक्साइड र अन्य हानिकारक पदार्थहरूले ऊर्जा त उत्पादन गर्दैछन्, तर ‘मृत्युऊर्जा’ को रूपमा । मृत्युजन्य ऊर्जाले प्राणी जातिलाई वर्तमान समयमा समय अगाडि नै मृत्युको मुखमा पु¥याउँदैछ । कार्बन डाइअक्साइड, मिथेन ग्यास तथा हरित गृहबाट निष्कासित ग्यासहरूले वायुमण्डल र पूरै वातावरणलाई दुषित बनाउँदैछ र यी ग्यासहरूले पृथ्वीलाई तताउनुका साथै ग्रहहरूलाई समेत नकारात्मक तथा हानिकारक क्षति पु¥याइरहेका छन् । हरित भूमि तथा क्षेत्रका हिउँका÷बरफका ढिस्काहरू पग्लिँदैछन् । अन्टार्कटिका, जसले पृथ्वीमा भएको ९०% भन्दा बढी बरफ निर्माण गर्छ, ती धमाधम पग्लिँदैछन् । पहाडी भेगमा हिमालयमा भएका हिमनदी पग्लिँदैछन् र साइबेरिया, जहाँ बाह्रै महिना हिउँ पर्छ, त्यहाँका हिउँ पग्लिँदैछन् । वातावरणमा ४०० पीपीएम कार्बन डाइअक्साइडको मात्रा छ र ३५० पीपीएम पुगिसकेको अवस्थामा जीवनयापन गरिरहेका छौँ, जसले विना अवरोध आफ्नो उच्चतम प्रगाढताले पृथ्वीलाई तताइरहेकोछ । 


यदि यसरी नै विना अवरोध पृथ्वीको वातावरणीय तापक्रम र कार्बन डाइअक्साइडको मात्रा बढ्दै जाने हो भने समुद्रहरू आफ्नो सतहबाट ६ फिट माथि उठ्नेछन् । तटवर्ती अथवा समुद्र किनारमा निर्मित सहरहरू, द्वीप राष्ट्रहरू तथा अन्य धेरै भू–भागहरू समुद्रमा डुब्ने छन् अथवा पानीले भरिने छन् । हामीहरूले पहिल्यै नै समुद्रको अम्लीयकरण, व्यापक वन विनाश, व्यापक मरुभूमीकरण, खडेरी, डढेलो तथा खाद्य संकटको अनुभव गरिसकेका छौँ । हामीले आँधी हुरीको चुनौतीको सामना गरेका छौँ र भविष्यमा पनि गर्नु पर्नेछ । हामीहरूले बोट विरुवा तथा वृक्षहरू टुप्पोबाट मर्न सुरु गरेको देखिसकेका छौँ । हामीहरू विभिन्न कालखण्ड हुँदै अहिलेको अवस्थामा आइपुगेका छौँ । ती मुख्य ६ वटा कालखण्डहरूमध्ये पनि मुख्य ५ वटा कालखण्ड जस्तै, सिरियन काल, ट्रियासिक, जुरासिक र क्रिटासियस, अर्थोभिसियन, डेमोनियनको अन्त्यतिर पर्मियन मध्यान्तर काल आदि । 


सामाजिक, राजनीतिक तथा आर्थिक स्थिति युद्ध सामग्री र व्यापक स्थानान्तरणका कारणले बर्बाद हुँदैछ । शुद्ध खानेपानीको संकट बढ्दैछ र अत्यावश्यक मानवीय स्रोत—साधनहरूका बारेमा युद्ध गर्नुपर्ने छ । आउँदा कैयौँ वर्षसम्म हामीले हाम्रो सुख तथा दुःखको भविष्यका बारेमा कथा सुन्नुपर्ने छ । म यो यथार्थ कुरा तपाईहरूलाई डर देखाउन वर्णन गर्दैछैन, तर त्यस घटनाले सूचित गर्दै गरेको खतराको घण्टीलाई वर्तमानमा सुन्नका लागि स्मरण गराउँदैछु । त्यसैले, हामीहरूले आफ्नो जीवन जिउने तरिका र क्रियाकलापहरूलाई तुरुन्त सच्याउनु तथा परिवर्तन गर्नु आवश्यक छ ।