images
images

राजनीतिक दलहरु संविधान बमोजिम नचल्दा ‘बालेनहरू’ जन्मिए: झलनाथ खनाल

काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले संविधानले मार्गदर्शन गरेबमोजिम अगाडि बढ्नु अनिवार्य रहेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा उनले संविधानबमोजिम अगाडि बढ्न नसके इतिहासमा पछाडि छोडिँदै जाने उनले बताए । उनले भने, ‘संविधानले मार्गदर्शन गरेबमोजिम अगाडि बढ्नु अनिवार्य छ, यदी त्यो ढंगले अगाडि बढ्न सकेनौँ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौँ।’

उनले राजनीतिक दलहरु संविधानबमोजिम अगाडि नबढे ‘बालेन’ हरु जन्मिने पनि बताए । उनले भने, ‘धेरै बालेनहरु अनि जन्मिने छन् । बालेनहरुले राज्य गर्ने छन्, पोलिटिकल पार्टीको अस्तित्व र उपादेयिता समाप्त हुँदै जानेछ ।’