images
images

सँगै हामी सक्छौं तालिम कार्यक्रम: नेतृत्व विकास र टोली निर्माणमा महत्वपूर्ण प्रभाव

काठमाडौं,२३ फाल्गुन, २०८१
अनलाईन बहस सम्बाददाता,

 

५ मार्च २०२५, बाल्थली भिलेज रिसोर्ट – टिम क्वेस्ट प्रा.लि. (QFX)  र युरोपा सोल्यूशन एण्ड कन्सल्टिङको आयोजनामा सम्पन्न "संगै हामी सक्छौं" तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रममा टिम क्वेस्ट प्रा.लि. का १७ जिल्ला प्रबन्धकहरु, नेतृत्व टोली लगायत ४५ जना सहभागीहरूको सक्रिय सहभागिता थियो । उक्त तालिमको सम्पूर्ण सेशनहरु बरिस्ट प्रशिक्षक रुपेन्द्र महर्जनले संचालन गरेका थिए ।

 

तालिमको उद्देश्य नेतृत्व क्षमता अभिवृद्धि, टोली निर्माण, विश्वास निर्माण, समय व्यवस्थापन, माइन्डफुलनेस र प्रभावकारी निर्णय प्रक्रियामा सहभागीहरूलाई सशक्त बनाउनु थियो। सकारात्मक सोधखोज (Appreciative Inquiry) सिद्धान्त, अनुभवजन्य सिकाइ (Experiential Learning) विधि, र ORID डिब्रिफिङ प्रक्रिया मार्फत सहभागीहरूलाई गहिरो अनुभूति प्रदान गरियो।

 

तालिम कार्यक्रम नेतृत्व विकास, टोली निर्माण र समय व्यवस्थापनका दृष्टिले अत्यन्त प्रभावकारी रह्यो। सहभागीहरूले स्व- प्रतिबिम्बन को माध्यमबाट आफ्ना नेतृत्व क्षमताहरूको पुनरावलोकन गरे र तिनलाई अझ प्रभावकारी बनाउने उपायहरू पहिचान गरे। विशेष गरी, सकारात्मक संवादको महत्वलाई आत्मसात गर्दै संगठनभित्र खुला र प्रभावकारी संचारको संस्कृति प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाइयो।

 

तालिमको अर्को मुख्य पक्ष टोली निर्माण र विश्वासको सुदृढीकरण रह्यो। सहभागीहरूबीच समूहगत गतिविधिहरू मार्फत सहकार्यको महत्त्वलाई अनुभव गरियो। मनोसामाजिक गतिशीलतालाई बुझ्दै विविध सोचको सम्मान गर्ने, टीमको लक्ष्यप्रति प्रतिबद्ध रहन सक्ने सीपहरू विकास भए। यसले कार्यस्थलमा पारस्परिक विश्वास, सहयोग, र सामूहिक सफलता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। यसका अतिरिक्त, समय व्यवस्थापन र माइन्डफुलनेस सम्बन्धी विषयहरूमा विशेष ध्यान दिइयो। सहभागीहरूले व्यक्तिगत तथा समूहगत उत्पादकता बढाउने रणनीतिहरू मा छलफल गर्दै समय व्यवस्थापनका नयाँ तरिकाहरू अवलम्बन गर्ने संकल्प गरे। साथै, माइन्डफुलनेस अभ्यासहरू मार्फत तनाव व्यवस्थापन, आत्मसंयम र कार्यकुशलता अभिवृद्धि गर्ने सीपहरू सिकियो।

 

तालिमले सहभागीहरूलाई व्यक्तिगत तथा व्यावसायिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने ऊर्जा प्रदान गरेको छ। नेतृत्व विकास, सहकार्य, र कार्यक्षमतामा सुधार ल्याउने यस प्रकारका पहलहरूले संस्थागत सफलतालाई थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

कार्यक्रमभरि देखिएको उत्साह, प्रतिबद्धता, र गहिरो संलग्नता ले QFX टिमभित्र नेतृत्व विकास, सहयोगी संस्कृति प्रवर्द्धन, र संस्थागत लक्ष्य प्राप्तिको प्रेरणा थप्ने अपेक्षा गरिएको छ। सहभागीहरूले तालिमको दौरान प्राप्त ज्ञान तथा सीपहरू आफ्नो कार्यस्थलमा प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता जनाएका छन्।

 

"संगै हामी सक्छौं" तालिमले सहभागीहरूको व्यक्तिगत र व्यावसायिक वृद्धि मात्र होइन, समग्र संगठनमा सकारात्मक परिवर्तन ल्याउने आधार तयार गरेको छ। तालिमको सफल आयोजनका लागि युरोपा सोल्यूशन एण्ड कन्सल्टिङ तथा टिम QFX लाई हार्दिक बधाई।

 

यस कार्यक्रमले सहभागीहरूलाई सशक्त बनाउन, नेतृत्व विकास गर्न, र समुहगत प्रभावकारिता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याएको छ। भविष्यमा यस्ता थप कार्यक्रमहरू आयोजना गरी नेपाली कर्पोरेट क्षेत्रको सीप विकास र संस्थागत सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।