images
images

यूएन पार्कको बिग्रिदो अवस्था 

ललितपूर
सहरको बीचमा थोरै भए पनि सितल र स्वच्छता दिने यूएन पार्कको रौनताका हराउँदै गएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको यस पार्कले करिब ४२, ३०० वर्ग मिटर क्षेत्रफल ओगटेको छ । ललितपुरको ज्वागलमा अवस्थित यस पार्कमा दैनिक ५ हजार भन्दा बढी व्यक्तिहरु स्वच्छ हावा र सितलताको खोजीमा तथा शारीरिक परिश्रमका लागि आउने गर्छन । 

 

सहरी क्षेत्रमा हराउँदै गएका पार्क तथा खाली क्षेत्रको सन्दर्भमा यूएन पार्कले लामै इतिहास बोकेको छ । आजभोलि यो पार्कले फोहोर र अव्यवस्थाको शिकार बन्नु परिरहेको छ ।  पार्कको हेरचाह गर्ने तथा उनीहरुको परिवारका  कारण पार्कले समेत विभिन्न  समस्याहरु  भोग्नु परेको छ । अव्यवस्थित ढंगले कंक्रिटको प्रयोग तथा फोहोर मैला गर्नुले पार्क दुर्गन्धको सिकार बन्दै गएको छ । पार्क भित्रै रहेको खानेपानी प्रशोधन केन्द्र वरिपरि नुहाउने, लुगा धुने आदि कार्यले स्थानीयले कस्तो पानी पाइरहेका  छन, सहजै अनुमान गर्न सकिन्छ । आफ्नो क्षेत्रको राम्रै विकास गरे भन्ने लागेका ललितपूरका मेयर चिरिबाबुलाई समेत पार्कका यस्ता गतिविधिहरुले नङ्गयाई रहेको छ ।