images
images

पीएचडी बारे भ्रम सिर्जना गर्दै कमाउने दाउ

अनलाईन बहश सम्वाददाता, साउन २६
विश्वविद्यालयले करिब २०० वर्ष अगि पीएचडी कार्यक्रम सुरु गरे तापनि नेपालमा अझै पनि यसबारेमा धेरै भ्रम छर्ने गरेको पाइन्छ । हालै एक अनलाइन पत्रिकाले यसबारेमा कपोलकल्पित कुराहरुलाई लेख्दै व्यक्ति तथा संस्थाको बदनामी गर्न खोजेको पाइयो । पत्रकारिताको मर्यादालाई ख्यालै नगरी उक्त मिडियाले आफूलाई स्थापित गर्न पीत पत्रकारिताको माध्यम लिएको पाइन्छ । 


नेपालमा पीएचडी अध्ययनलाई अन्तर्राष्ट्रियस्तरको अवस्थामा उल्लेख्य योगदान दिइरहेको ‘साउथ वेष्टर्न सेन्टर फर रिसर्च एण्ड पीएचडी स्टडिज’ तथा अन्य संस्था विरुध्द विष वमन गर्दै मिडियाले पीचडी अध्ययनको सामान्य प्रक्रिया नबुझि आफ्ना कुरा राखेको छ । संस्थाका निर्देशक डा. बिन्दूर ढुङ्गेल भन्दछन् “हामीलाई दैनिक यस्ता फोनहरु आइरहने र विज्ञापन नदिंदा अरुले समेत यस्तै लेख्ने गरेको” कुरा बताए । पीएचडी कार्यक्रम अन्यत्र गर्ने प्रक्रिया पनि एउटै हो । यस्को निम्ति दिनदिनै कलेज जानु नपर्ने तर सुपरिवेक्षकको निर्देशनमा आफ्नो अध्ययन बढाउने हो ।” उनले बताए । 


विभिन्न संस्था तथा व्यक्तिहरु अरुलाई होच्याएर आफूलाई स्थापित गर्न खोज्छन । यो कस्को निर्देशनमा लेखियो, सो कुरा स्पष्ट भएको उन्को राय छ । पीएचडी अध्ययन तुलनात्मक रुपमा गाह्रो हुने भएकोले धेरैलाई यो त्यति सहज छैन, फलतः अहिले सम्म ३ हजार भन्दा कम नेपालीहरुले मात्र यो अध्ययन पूरा गर्न सकेका छन् । पीत पत्रकारिता व्याप्त रहेको हाम्रो समाजमा यसबारे भ्रम सिर्जना गर्दै आफ्नो दुनु सोज्याउने व्यक्ति तथा मिडिया प्रति सजग रहनु आवश्यक रहेको उन्ले बताए ।