images
images

निर्वाचनले लोकतन्त्रलाई बलियो बनाएको छ : राष्ट्रपति

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई जरैदेखि बलियो बनाएको बताएकी छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसदका दुबै सदनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको बलियो आधार निर्वाचन भएको र संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुनु भनेको लोकतन्त्र जरैदेखि बलियो भएको बताएकी हुन् ।

उनले सरकारले भय र त्रासकाबीच स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि सरकार खुशी भएको बताउँदै निर्वाचनमा सहयोग गर्ने निर्वाचन अयोग, राजनीतिक दल, र मतदातलाई धन्यवाद पनि ज्ञापन गरेकी छन् । अहिले राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी छिन् ।