एका तिर आदर्श अर्को तिर आभास।
एका तिर जिज्ञासा अर्को तिर अनुप्राश।
एक तिर चाकडी अर्को तिर धपडी।
एका तिर कचहरी अर्को तिर थपरी।
काम कुरो एक्तिर कुम्लो बोकि ठिम्तिर।
बाली खायो सलहले राज्नीति बिग्रयो कलहले।
पिण्ड खाने बेलामा राज्नीतिको भेलामा।
नयॉ पुस्ता कुनै हेर्दै नहेर्नेरु ।
पद पाए छोड्दै नछोड्नेरु ।
मुलुक बिगारे बुंगा बॉग्गाले नेता बिगारे माफिया डॉगाले।
विवादै विवादमा मुलुक फस्यो वीर गोर्खाली भन्ने साख खस्यो।
ऋणको भार झनझन धेरै थपिदै गो दिईखानेका सन्तान हामी मागी खाने भो।
मुलुकको ढुकुटी पहिले भरिभराऊ थियो अनिकाले पध्दतिले अहिले रित्तै ।