images
images

सेयर बजार दोहोरो अंकले वृद्धि

सेयर बजार दोहोरो अंकले वृद्धि
काठमाडौं, पुस ५ (रासस)
सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । 
साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १४।२२ अंक ९०।७६ प्रतिशत० ले वृद्धि हुँदा १८७३।११ बिन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार कुल २५७ धितोपत्रको २३ हजार ३४४ वटा कारोबारबाट ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको भएको छ । मंगलबार सबै उपसूचकमा हरियाली देखियो । सबैभन्दा धेरै ‘अन्य’ उपसूचकको मूल्य २।३१ प्रतिशतले बढेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र समृद्धि लघुवित्त वित्तीय संस्थाको मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य समेत ९।९९ प्रतिशतले बढ्यो । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७।६२ र मन्दाकिनी हाइड्रोको मूल्य ४।७१ प्रतिशतले वृद्धि भएको छ ।

सनराइज ब्लूचिप फन्डको मूल्य सबैभन्दा धेरै ४।६७ प्रतिशतले घट्यो । नेपाल टेलिकम, सिभिल बैंक, हिमालय डिष्ट्रिलरी, नबिल बैंकलगायत कम्पनीको मूल्य धेरैले घटेको छ ।