काठमाडौं, भदौ २५ रासस
प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी निवासी नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगी उनले बलायरको अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको हुन ।
आज साढे ११ बजे अस्पताल पुगेका प्रधानमन्त्री देउवाले बलायर र उनका आफन्त तथा उपचारमा सम्लग्न चिकित्सकसँग कुरा गरेको अस्पतालले जनाएको छ । बलायर लामो समयदेखि मिर्गौलाले काम नगर्दा पीडित हुँदै आएका छ । दुवै मिर्गौलामा समस्या देखिएकाले हाल उनले उक्त अस्पतालमा उपचार गराइरहेका छन ।