काठमाडौं - आगामी आर्थिक वर्षको लागि सरकारले स्वास्थ क्षेत्रमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
स्वास्थ क्षेत्रमा सबैको पहुंच स्थापित गर्नको लागि सरकारले सरकारले ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ भने विपन्न परिवारका सुत्केरीलाई पाँच हजार रुपैयाँ उपलब्ध गराइने भएको छ । यो पोषण कार्यक्रम अन्तर्गत उपलब्ध गराइने छ । शिक्षक अस्पताल निर्माण अगाडि बढाइने भएको छ ।
पाठेघरको मुखको क्यान्सरको खोप उपलब्ध गराइने भएको छ । मृगौला रोगीको निःशुल्क मृगौला प्रत्यारोपण गर्ने घोषणा पनि सरकारले बजेट मार्फत गरेको छ ।
स्वास्थ बीमाका लागि सरकारले साढे सात अर्ब रुपैयाँ छुट्याएको छ । एम्बुलेन्स सेवालाई एकिकृत प्रणालीमार्फत सञ्चालन गर्ने तयारी सरकारले गरेको छ ।