काठमाडौँ - पुन १० अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भोलि सोमबार तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिती साउन तीन गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सहभागी हुन सक्ने छन् ।
भोलि बिक्री गरिने ट्रेजरीमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको पाँच अर्ब २० करोड रुपैंयाँको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७९ साउन ३१ गते र २०७९ कात्र्तिक एक गते रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि दुबै ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको छ । राष्ट्र बैकले गत साता पनि २२ अर्ब ६० करोड रुपैंयाँको ट्रेजरी बिल बिक्री गरेको जानकारी दिएको छ ।