काठमाडौँ - सरकारले प्रतिनिधिसभाको बैठकमा यस अघि संसदमा पेस भएको नागरिकता विधेयक फिर्ता लिने भएकोछ ।
मन्त्रिपरिषदको बैठकले पुरानो विधेयक फिर्ता लिने र नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको हो । संशोधित विधेयक बुधवार नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।
नागरिकता ऐन २०६३ को अर्को संशोधन विधेयक संसदमा पेश गर्ने तयारी छ ।
सरकारले २०७५ सालमा ल्याएको नागरिकतासम्बन्धी संशोधन विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पारित गरी प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरिसकेको छ । तर नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि नागरिकता दिने भन्ने विवाद छ ।