images
images

भुलिएका श्रमिकहरू : फोहोर व्यवस्थापनमा सुरक्षाको बेवास्ता

फोहोर व्यवस्थापन एक महत्वपूर्ण सेवा हो जसले सार्वजनिक स्वास्थ्य, वातावरणीय सफाइ सहरी दिगोपनामा योगदान पुर्याउँछ तर यो अत्यावश्यक काम गर्ने श्रमिकहरुले जोखिमपूर्ण अवस्थाहरुमा न्यूनतम सुरक्षा उपायसहित काम गर्नुपरेको नेपालजस्ता विकासोन्मुख देशहरुमा फोहोर व्यवस्थापन क्षेत्रमा व्यवसायिक स्वास्थ्य तथा सुरक्षाको अवस्था अझै पनि बेवास्ताको विषय बनेको फोहोर संकलनमा खटिने श्रमिकहरुले हानिकारक रसायनहरु, जैविक जोखिमहरु, धारिलो वस्तुहरु चरम मौसमको सामना नियमित रुपमा गर्नुपर्छ त्यो पनि उचित उपकरण, तालिम वा कानुनी संरक्षणबिना उच्च जोखिमपूर्ण वातावरणमा काम गर्दा उनीहरुको स्वास्थ्य सुरक्षालाई सरकारी नीति तथा कार्यान्वयनमा आवश्यक प्राथमिकता दिइएको छैन जसले उनीहरुलाई थप जोखिमा पारेको

नेपालमा फोहोर संकलनमा खटिने श्रमिकहरुको अवस्था विशेष रुपमा चिन्ताजनक धेरैजसो श्रमिकहरुको अनौपचारिक रुपमा काम गर्छन् उनीहरुसँग ठोस कामको करार हुन्छ, बीमा स्वास्थ्य सेवा पहुँच। उनीहरुले घरायसी, औद्योगिक तथा मेडिकल फोहोरहरु हातले छुनुपर्छ, त्यो पनि प्राय पन्जा, मास्क, बुट वा सुरक्षात्मक कपडा बिना यसले उनीहरुलाई धारिला वस्तुहरु, सङ्क्रामक रोगहरु जस्ता विभिन्न खतराहरुको जोखिममा पार्दछ सुरक्षासम्बन्धी तालिम चेतनाको अभावले उनीहरुको जोखिमलाई झनै बढाउँछ

काठमाडौंजस्ता सहरी क्षेत्रमा फोहोर संकलन अझै पनि धेरैजसो हातैले गरिन्छ खुल्ला गाडीमा ढुवानी गरिन्छ जसले शारीरिक थकान स्वास्थ्य जोखिमलाई बढाउँछ यस्ता गम्भीर जोखिमका बाबजुद पनि व्यवसायिक स्वास्थ्य तथा सुरक्षा भन्ने विषयलाई महानगरपालिकाको फोहोर व्यवस्थापन योजना छलफलमा विरलै समावेश गरिन्छ जसका कारण अग्रपंत्तिमा खटिने श्रमिकहरु प्रणालिमै अदृश्य असुरक्षित बन्न पुगेका छन्

नेपाल सरकार सबै श्रमिकहरुका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न जिम्मेवार भए तापनि फोहोर व्यवस्थापन क्षेत्रमा व्यवसायिक स्वास्थ्य तथा सुरक्षासम्बन्धी विषयमा खासै पहल देखिएको छैन श्रम ऐन २०७४ ठोस फोहोर व्यवस्थापन ऐन २०६८ जस्ता कानुनी संरचना भए पनि तिनको कार्यान्वयन अत्यन्तै कमजोर देखिन्छ  विशेषत अनौपचारिक करारमा आधारित फोहोर श्रमिकहरुको हकमा यस उपेक्षाको प्रमुख कारण भनेको फोहोर व्यवस्थापन क्षेत्रको व्यापक अनौपचारिकता हो जहाँ धेरै श्रमिकहरु औपचारिक श्रम संरक्षणको दायराबाहिर काम गर्छन्

सुरक्षासम्बन्धी नियमहरु कार्यान्वयन गर्ने सन्दर्भमा संघीय निकाय स्थानीय तहबीच समन्वयको अभाव पनि एक ठुलो चुनौती हो बजेटको सीमितता, चेतनाको कमी फोहोरसँग जोडिएको सामाजिक कलङ्कले गर्दा यो विषय झनै प्राथमिकतामा पर्ने गरेको छैन फोहोर श्रमिकहरु अझै पनि व्यवसायिक सुरक्षा कार्यक्रम तथा सामाजिक सुरक्षा योजनाबाट वञ्च्ति भइरहेका छन्

फोहोर व्यवस्थापन क्षेत्रमा व्यवसायिक स्वास्थ्य तथा सुरक्षा सुधार आम नागरिक दुवैको सामुहिक प्रयास आवश्यक हुन्छ सरकारले प्रचलित श्रम तथा फोहोर व्यवस्थापन सम्बन्धी कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्नु, तालिम सुरक्षात्मक सामग्रीका लागि विशेष बजेट विनियोजन गर्र्नु विशेषत अनौपचारिक फोहोर श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष जस्ता राष्ट्रिय सामाजिक सुरक्षा योजनामा समावेश र्गन सक्रिय भूमिका लिन आवश्यक स्थानिय सरकारहरुलाई विशेष रुपमा मापदण्डहरु नगरपालिकाका फोहोर व्यवस्थापन सेवामा समावेश र्गन नीति निर्माणमा श्रमिकहरुको सुरक्षालाई प्राथमिकता दिनुपर्छ

व्यत्तिहरु समुदायहरुले पनि फोहोर संकलनमा संलग्न श्रमिकहरुलाई सम्मानपूर्वक व्यवहार गर्न घरायसी फोहोरलाई सही तरिकाले वर्गीकरण गर्ने जसले स्वास्थ्य जोखिम घटाउन मद्दत र्गछ सुरक्षित कार्य वातावरणको समर्थनमा आवाज उठाउन जिम्मेवारी लिनुपर्छ फोहोर श्रमिकहरुलाई अदृश्य श्रमशक्ति होइन अत्यावश्यक सेवा प्रदायको रुपमा मान्यता दिनु नै उनीहरुको स्वास्थ्य, सुरक्षा मर्यादा सुनिश्चित गर्ने पहिलो कदम हो

नेपालमा फोहोर व्यवस्थापन क्षेत्रमा कार्यरत श्रमिकहरूको स्वास्थ्य सुरक्षालाई लामो समयदेखि बेवास्ता गरिएको यिनै श्रमिकहरूको व्यवसायिक स्वास्थ्य तथा सुरक्षाको अवस्था सुधार गर्न आई.सी.. नेपालले विगत दुई वर्षदेखि निरन्तर पहल गर्दै आएको यस अन्तरगत संस्थाले फोहोर संकलनमा संलग्न श्रमिकहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको वास्तविक समस्या, चुनौती माग बुझ्ने संवाद सत्रहरू सञ्चालन गर्दै आएको यस्ता सत्रहरूमा बारम्बार उठ्ने प्रश्न भनेको, किन फोहोर व्यवस्थापनमा संलग्न श्रमिकहरूको स्वास्थ्यप्रति सरोकारवालाहरू गम्भीर हुँदैनन् ?” भन्ने हो आई.सी.. नेपालले समुदाय स्तरमा जनचेतना अभिवृद्धि, नगरपालिका संघीय निकायहरूसँग समन्वय, तथा नीतिगत बहसमार्फत यस विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आएको संस्थाले नीतिनिर्माताहरू, सरोकारवाला निकायहरू, श्रमिकहरू समुदायबीच सेतुको भूमिका खेल्दै व्यावसायिक स्वास्थ्य सुरक्षालाई सामाजिक न्यायको अभिन्न अंगको रूपमा स्थापित गर्न क्रियाशील रहेको

अन्त्यमा,नेपालमा फाहोर व्यवस्थापन क्षेत्रमा व्यवसायिक स्वास्थ्य तथा सुरक्षाप्रति देखिएको उपेक्षा गम्भीर समस्या हो जसलाई तत्काल दिर्घकालिन ध्यान आवश्यक फोहोर श्रमिकहरु सार्वजनिक स्वास्थ्य वातावरणीय सरसफाइ कायम राख्न अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् तर उनीहरुकै स्वास्थ्य सुरक्षालाई प्रणालीगत बेवास्ता गरिँदै आएको यो खाडल हटाउन सरकारको नीतिगत प्रतिबद्धता प्रभावकारी कार्यान्वयन स्रोत विनियोजन मात्र होइन आम जनमानसमा चेतना वृद्धि फोहोर श्रमिकहरुप्रति सम्मानजनक व्यवहार पनि अपरिहार्य सुरक्षित  मर्यादित कार्य वातावरण सुनिश्चित गर्नु श्रमको सवाल मात्र नभई मानव अधिकार सामाजिक न्यायको पनि विषय हो नेपालले विकासको यात्रामा अघि बढ्दै गर्दा फोहोर व्यवस्थापनमा व्यवसायिक स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकतामा राख्नु नै समावेशी न्यायपूर्ण समाज निर्माणतर्फको महत्वपूर्ण पाइला हुनेछ

 

नबिना खड्का