प्रा. तत्व तिम्सिना
आजभोली बजारमा ‘झोले’ र ‘भेडा’ बारेको चर्चा चुलिएको छ । नयाँ भनिएका सबै पार्टीका व्यक्तिहरुले पुराना जति सबै पार्टीका नेता तथा कार्यकर्तालाई ‘झोले’ को संज्ञा दिएकाले पुरानाले ‘झोले’ को बास्तविक अर्थ खुट्याउन परिश्रम गर्नु परेको छ ।
नेपाललाई राणा तथा राजतन्त्रको कुचक्रबाट मुक्त गर्ने राजनीतिक नेता तथा कार्यकर्ताहरुको निम्ति ‘झोला’ अत्यन्तै पृय बस्तु थियो । यसलाई शरीरमा च्याप्दै रातदिन नभनी जनताको चेतना अभिवृद्धि गर्दै यो अवस्थामा देशलाई ल्याई पुर्याउन सक्नुको केही जस यो ‘झोला’ लाई पनि जान्छ । यसैलाई अपभ्रंस गर्दा यसलाई प्रभावकारी ढङ्गले प्रयोग गर्ने धेरैको चित्त दुख्नु पनि स्वभाविक नै हो ।
पुराना कुनै पनि पार्टीका नेता तथा कार्यकर्तालाई इंगित नगर ‘झोले’ भनिए तापनि राष्ट्रिय राजनीतिमा अहिले मियोको रूपमा रहेकाले झोलालाई गलत अर्थमा प्रयोग गर्दा नेकपा (एमाले) का कतिपय नेता तथा कार्यकर्तालाई रिस उठ्नु स्वभाविक नै हो । स्वँय प्रधानमन्त्रीले नै आफु ‘झोले’ भएकोमा आफुलाई गौरव लाग्ने बताएपछि त झोलाको सन्दर्भ सबैतिर जोडिन थाल्यो र ‘झोले’ हुनुमा गौरवान्वित हुनेको लर्को नै लाग्न थाल्यो ।
झोलाको चर्चाले विशेष गरी नेकपा (एमाले) भित्र विचारको विविधता पनि देखियो । यसले एक किसिमको विभाजनको रेखा पनि कोर्यो । आफुले ‘झोले’ हुँ भनेर नलेख्दा कतै पछि पो परिने हो कि वा झोला बोक्ने जति सबैलाई एमाले पो भनिने हो कि भन्ने भय पनि धेरैलाई पर्यो । जसरी ‘समृद्धि’ शब्द उच्चारण हुने वित्तिकै यो त एमाले पो रहेछ भनेर धरैले अनुमान गर्छन, त्यस्तै कुनै पनि पार्टीको व्यक्तिलाई ‘झोले’ भन्दा त्यो व्यक्ति एमालेको सदश्य पो रहेछ भन्ने अनुमानसमेत लगाउन थालिएको छ ।
अर्को तर्फ, म ‘झोले’ हु“ भनेर चित्रसहित फेसबुकमा म हाल्दिन, तर म पक्का एमाले हु“ भनेर पनि धेरैले लेखे । कतिपय एमालेकै सदश्यहरुले आफ्नो विगतलाई भुल्दै यो सोचको खिल्लीसमेत उडाए । पार्टीको यो बाध्यकारी उर्दी थिएन, यस्ता कुराहरु स्वेच्छामा भर पर्ने गर्छन । यो एउटा भावना थियो, आफ्नो विगत सम्झने जमर्को थियो । बजारमा चलेको विकृत सोचलाई प्रतिकार गर्नु थियो । तर, फेसबुकमा त्यस्ता कुरा लेख्नुको अर्थ म अलिक फरक छु भन्ने पनि हुन सक्छ । कतिपय व्यक्तिहरु पार्टी भित्र विविध कारणले निराशित भएको अवस्थामा आफ्नो गुनासो पोख्ने उनीहरुका लागि यो माध्यम पनि हुन सक्छ । पार्टी भित्रै बैकल्पिक नेतृत्व गर्न उद्दत समूह भित्र छिर्न कतिपयलाई यो ‘गेटपास’ पनि हुन सक्छ । पद तथा सत्ताको रजगज गरिरहेकाहरुका निम्ति आफु ‘झोले’ हु“ भन्नुमा म कार्यकर्ता संगै छु भन्ने विचार अभिव्यक्त गर्न मन लागेको हुन सक्छ । भ्रष्टचारमा लिप्त भए तापनि बाहिर ‘सफा’ छवी राख्न सफल व्यक्तिहरु आपूm ‘झोले’ हुन पाउ“दा झनै प्रफुल्ल हुन सक्छन । भित्र जे भए पनि बाहिर यसले पार्टी प्रति प्रतिबद्ध भएको पुष्टि गर्न सक्छ । तर जीवनभरि पार्टीको झोला बोकेर हि“डे तापनि पद र पैसाका दृष्टिकोणमा असफल व्यक्तिलाई भने कसैले उसलाई ‘झोले‘ भन्दा उसको चित्त दुख्न पनि सक्छ । यद्यपी धेरैले ‘झोले’ भनेको वास्तविक व्यक्ति उ नै हो, पार्टीको काममा रातदिन लाग्ने, लाभको पदमा नपुगेको र पुगिहाले पनि खासै योगदान दिन नसक्ने, एकोहोरो पार्टी काममा लाग्दालाग्दै आफ्नो वृत्ति विकासमा खासै ध्यान दिन नसकी समाजमा आएको परिवर्तन समेत बुझ्न नसक्ने व्यक्ति । जीवनभर ‘झोले ‘ हुनु भनेको अण्डा, लार्भा हुदै प्युपा बनेको तर पुतली बन्न नसकी खोल भित्रको प्युपामै जीवन बिताउनु जस्तै हो । प्युपाको पनि त्यत्तिकै महत्व छ, यो चरण पार नगरी पुतली बन्नै सक्दैन । ‘झोले’ नेताकै एक रुप भए तापनि उसको अन्तिम अवस्था भने प्रभावकारी नेता नै बन्नु पर्ने हुन्छ, न कि प्युपा झैँ खोल भित्रकै संसारमा मात्र रमाउनु ।
नेतृत्व विकासका सिद्धान्त र प्रयोगको सय वर्षे लामो इतिहास कोट्याउने हो भने ‘झोले’ शव्दलाई राम्ररी बुझ्न सकिन्छ । विगतमा आजका जस्ता स्मार्टफोन, ट्याब, किन्डल आदि थिएनन्, सबै सुचनाहरु लेखेर राख्नु पथ्र्यो, राजनीतिक तथा विकास सम्बन्धी पुस्तकहरु बिचबिचमा फुर्सद हुँदा पढ्नका लागि बोक्नु पथ्र्यो । राजनीति विचार तथा सिद्धान्तमा आधारित थियो । यी सबै सामग्री राख्न पनि झोला नभइ हुँदैनथ्यो । नेपालका मात्रै होइन, विदेशका पुराना नेताका फोटाहरु हेर्दा पनि धेरैले झोला वा ब्याग बोकेको हामी देख्छौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफुले बोक्ने झोलामा माक्र्सवादका दस्तावेज, समाजवाद निर्माणको मार्गचित्र, जबजको सिद्धान्त र कार्यक्रम आदि हुने गरेको बताएका छन् । यस अर्थमा झोला बोक्न पाउनु वा ‘झोले’हुनु धेरैका निम्ति गौरवको कुरा भएको पुष्टि हुन्छ ।
नेतृत्व विकासको अहिले सम्मका चार प्रमुख सिद्धान्तमा जन्मजात नेतृत्वको सिद्धान्त (ट्रेट थियोरी), आचरणको सिद्धान्त (बिहेभियरल थियोरी), समय सापेक्ष सिद्धान्त (कन्टिन्जेन्सी थियोरी) र परिवर्तनको सिद्धान्त (ट्रान्जाक्सनल र रूपान्तरित नेतृत्व) मुख्य मानिन्छन् । जन्मजात सिद्धान्तले नेता हुन जन्मदैं नेताको गुण लिएर आउनु पर्ने बताउँछ । यस्को फाइदा धेरैले लिए तर अहिले यसलाई अहिले नेतृत्व विकासको सही सिद्धान्त मानिदैन । नेता स्वभावले नै तानाशाही वा प्रजातान्त्रिक हुन सक्छ वा बस्तुगत अवस्थाले वा समयले आवश्यक मानेमा नयाँ नेताको जन्म हुन्छ भन्ने सिद्धान्तहरु अहिले पनि प्रयोग मै छन् । पहिलानै लक्ष्य तथा उद्धेश्य क्रिटान गरी त्यस अनुरूप अघि बढ्ने ट्रान्जाक्सनल नेतृत्व वा नेता आपैंmले नमूना कार्य गरी अरुलाई आकर्षित गरी समाज रूपान्तरण गर्ने रुपान्तरित नेतृत्वका सिद्धान्तहरु अहिले धेरे लोकप्रिय मानिन्छन् । यी सबैखाले नेतृत्व शैलीमा नेता र कार्यकर्ता वा ‘झोले’ वा अनुयायीहरु बिच अगाध सम्बन्ध रहने गर्छ । यो सम्बन्धले नै नेतृत्व शैलीको विकास हुने गर्छ ।
सबैखाले नेतृत्व शैलीमा नेता र कार्यकर्ता बिचको सम्बन्ध दरिलो हुनुपर्छ भन्ने कुरा मानिन्छ । ‘झोले’ भनेर यस्ता नेताहरुको कुरा वा बिचार पछि लाग्ने कार्यकर्ताहरुलाई इङ्गित गरिएको हो । ‘झोले’ भन्नेहरुलाई अरुले ‘भेडा’ भन्ने गर्छन । भेडाहरु आफ्नो मस्तिष्क प्रयोग नगरी नाइके भेडाले जे गर्यो, त्यसलाई पछ्याउने गर्छन । सामाजिक सञ्जालमा उरण्ठ्याउला कुरा गरी ‘लोकप्रिय’ भएका कतिपय व्यक्तिहरुको पछिलाग्ने व्यक्तिले आफ्नो मस्तिष्क कति पनि प्रयोग नगर्दा उनीहरुले ‘भेडा’ उपमा पाएका हुन् ।
कार्यकता वा पछ्याउने कोही नभए नेता बन्न पनि सकिदैंन । तर, नेताहरु पनि त्यसै नेता भएका होइनन् । उनीहरु पनि यस्तो गदै वा कसैलाई पछ्याउँदै आफुलाई स्थापित गर्न पुग्छन । अनुयायी वा पछ्याउने कार्यको पनि आफ्नै नियम हुन्छ । यो नियमको प्रभावकारी ढङ्गले पालन गर्न नसक्दा अनुयायीहरुको नेतामा रूपान्तरण हुने प्रक्रियामा पनि अवरोध पैदा हुन्छ । त्यसैले अनुयायी हुनु वा ‘झोले’ नै हुनु पनि नेता बन्ने प्रक्रियाको एउटा चरण हो । यसको सिर्जनशील प्रयोग गर्न सक्दा मात्रै लोकप्रिय नेताका रूपमा आफुलाई रूपान्तरित गर्न सकिन्छ । यसो गर्न नसक्दा उ विस्तारै ‘भेडा’ का रुपमा परिवर्तन हुन थाल्छ । यस अर्थमा ‘झोले’ ‘भेडा’ भन्दा निकै माथिको अवस्था हो ।
कुनै पनि संस्था प्रभावकारी ढङ्गले सञ्चालन गर्न संस्थामा नयाँ विचार ल्याउने, त्यसलाई मानिदिने, त्यस्मा फरक विचार राख्ने र त्यस विषयमा मन्थन गर्न सक्ने व्यक्तिहरुको खाँचो पर्छ । एउटै व्यक्तिले फरक फरक समयमा यी फरक फरक भूमिका निर्वाह गर्नु पर्छ । अन्यथा, उसको नेतृत्व शैलीमै प्रश्न आउन सक्छ । सँधै फरक मत मात्र राख्ने होइन, उसले नयाँ विचार पनि ल्याउन सक्नु पर्छ । उसले अरुका विचार सुन्नु पनि पर्छ र त्यसमा मनन् गर्न सक्ने हिम्मत पनि राख्न सक्नु पर्छ । उसले अनुयायी वा ‘झोले’ का रूपमा पनि आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्नु पर्छ ।
नेताका विविध रूप हुन सक्छन । समय सापेक्ष भई उसले यी विविध रूपहरु निर्वाह गर्नु पर्छ । नेता समाज वा राष्ट्रको परिवर्तनको बाहक हो, उ शिक्षक हो र सहजकर्ता पनि हो । उ समूह परिवर्तन गर्न सक्ने उत्प्रेरक वा परामर्श दिन सक्ने व्यक्ति पनि हो । उ समाजको मार्गदर्शक हो । उ ‘झोले’ हो, कुनै बेला अनुयायी वा ‘भेडा’ पनि हो । उ जनताको नोकर हो, उसको मुख्य काम नै अरुलाई सेवा प्रदान गर्नु हो ।
नोकरशाही नेतृत्व वा सर्भेन्ट लिडरसिप भन्नाले जनताको सेवकका रूपमा काम गर्ने व्यक्ति नै वास्तविक नेता हो । उसले आफ्नो भन्दा पनि अरुको भलाईमा विशेष अभिरुची राख्छ । चुनावको बेला उसले आफुलाई सकेसम्म ‘नोकर नेतृत्व’ को रूपमा प्रस्तुत गर्ने गर्दछ । आफु जतिसुकै तानाशाही वा सहभागीमूलक भए पनि उ मतदाताहरुलाई आकर्षण गर्न चुनावका बेला जनताको सेवक वा नोकरकै रूपमा आफुलाई चिनाउँछ । प्रजातन्त्रको यो सबैभन्दा सुन्दर पक्ष पनि हो ।
यति विघ्न चुनौतीहरु हुँदाहुँदै सबैको चाहना एउटा सफल नेता बन्ने नै हुन्छ । जीवनभरी अन्य काममा संलग्न भए तापनि जीवनको उत्तराद्र्धमा आइपुगेपछि यस्ता धेरै व्यक्तिको चाहना राजनीतिको माध्यमबाट नेता बन्ने नै हुन्छ । मानिस स्वभावले नै चुनौतीसँग खेल्न मन पराउँछ । यसले उसलाई अनुशासित पनि बनाउँछ । सन् २०२२ मा युरोपियन जर्नल अफ इपिडेमियोलोजीमा प्रकाशित एक अनुसन्धानमूलक लेख अनुसारे नेताहरुको सरदर आयु अरुको भन्दा बढी हुने कुरा बतायो । युरोपका ११ हजार नेताहरु समेटी गरिएको यस अध्ययनले नेताहरुलाई धेरैले गाली गरे पनि यसलाई उनीहरुले आफु सुधार हुने उपायको रुपमा लिने गरेको बताएको छ ।
राजावादीहरुले आशा गरेको नेतृत्व कैयौं दशक अघि नै तिरस्क्रित भएको ‘जन्मजात सिद्धान्त’ मा आधारित नेतृत्व हो । मानव जीवनको आदिम अवस्थामा सुरु भएको नेतृत्व प्रक्रिया सहभागीमूलक थियो तर बिस्तारै, कबिला, राजा रैती हुँदै यो अघि बढ्यो । दास प्रथा हटेको पनि सैयौं वर्ष भइसक्यो तर कतिपयको मस्तिष्कमा यो सोच जरा गाडेर बसेको छ । उनीहरु अझै पनि आफु रैती हुने चाहना राख्छन । यो सोच उनीहरुमा यति विघ्न गडेको छ कि गणतान्त्रिक व्यवस्थामा समेत उनीहरु आफु लाइ दासत्व स्वीकार भएको हुँकार गर्छन । बाँधेको खसीको दाम्लो खोल्दिए पनि उ भाग्दैन, किनकि उसलाई आफु बाँधिएकै छु भन्ने अनुभूति हुने गर्छ । उ त्यसैमा रमाएको पनि हुन सक्छ । राजावादीहरुको अहिलेको अवस्था यस्तै खसीको जस्तो हो ।
अहिले लोकप्रिय मानिने रूपान्तरित नेतृत्वले आफुले बोलेको कुरा पुरा गर्नु पर्छ भन्ने कुरामा विश्वास राख्छ । यस्तो नेतृत्व दिने व्यक्ति भेडाले पछ्याए झैँ कार्यकर्ता वा अनुयायीको अगाडि मात्र होइन, सँगसँगै वा पछाडि पनि हुने गर्छ । जसोगर्दा समाज परिवर्तन हुन्छ, सबैको अनुहारमा खुसी आउँछ, उ त्यसो गर्न उद्दत रहन्छ । आफुले गरेको कामका लागि उ जस लिने गर्दैन, यो सबैको प्रयासबाट मात्र सम्भव भएको हो भन्ने कुरामा उ विश्वास राख्छ । देश तथा समाजका निम्ति रुपान्तरित नेतृत्व पहरेदार पनि हो, ‘झोले’ पनि हो । उसका रूपहरु सँधै एउटै हुँदैनन् । सुशासन, समावेशीकरण, समृद्धि आदिमा विश्वास गर्ने यस्तो नेतृत्व नै अहिलेको आवश्यकता हो । एमालेले भने झैँ ‘एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिंड्नु कयौं गुणा उत्तम चरित्र हो ।’
(त्रि.वि.का पूर्व प्राध्यापक तिम्सिना नेतृत्व विकासका प्रशिक्षक पनि हुन्)