images
images

आइसीएको २५ औं स्थापना दिवश 

अनलाइन बहस ।
विगत् २५ बर्ष यता सामुदायिक विकास, सहजीकरण र तालिमको क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्दै आएको आइसीए नेपालले हिजो एक कार्यक्रम बीच आफ्नो स्थापना दिवश मनायो । आइसीए सगं आबद्ध व्यक्तिहरुको समुपस्थितमा विभिन्न व्यक्तिहरुले आफ्ना विचार राख्दै आइसीएको भूमिका बारे प्रकास पार्नुभयो । २५ वर्षदेखि संस्थाले २२ हजार व्यक्तिहरुलाई विभिन्न विषयमा तालिम प्रदान गर्नुका अतिरिक्त ५० भन्दा बढी सामुदायिक विकास कार्यहरु सञ्चालन गरेको कुरा अवगत गराइयो । 
आइसीए नेपालले हाल नेपाल अतिरिक्त अन्य विभिन्न देशमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको कुरा संस्थाका कार्यकारी निर्देशक इशु सुब्बाले बताउनु भयो । विपन्न समुदाय, अपांग, युवा, महिला आदिको सशक्तिकरणमा आइसीएले प्रभावकारी भूमिकाा खेलेको कुरा उहाँले बताउनु भयो । संस्थाको पहिलो अध्यक्ष प्रा.डा. तत्वप्रसाद तिम्सिनाले नेपाल लगायत ३६ देशमा आइसीएले खेलेको भूमिका प्रति अन्य देशमा समेत सह्राहना हुने गरेको कुरा बताउनु भयो । मलेसियामा प्रधान कार्यलय रहेको ग्लोबल गारा नामक एक अन्तर्राष्ट्रिय संस्थाले हालै एक समारोह बिच प्रा.डा. तत्वप्रसाद तिम्सिना ग्लोबल लिर्डस अवाड प्राप्त गर्नुभएकोमा आइसीए समूहले उहाँलाई धन्यवाद व्यक्त गर्यो ।  हरेक वर्ष प्रदान गरिने यो अवार्डको विशेष कार्यक्रममा माल्दिभसका शिक्षा मन्त्रि डा. अब्दूल्ला रशिदले उक्त सम्मान उहाँलाई प्रदान गर्नु भयो । 
आइसीएको स्थापना दिवश मनाउने क्रममा कार्यक्रमको अन्त्यमा केक काटी एक अर्काबीच शुभेच्छा प्रदान गर्दै कार्यक्रमको समापन गरियो । वर्ष