images
images

संघीयता खारेजी राप्रपाको चुनावी मुद्दा

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीयता खारेजीलाई आमामी निर्वाचनको प्रमुख मुद्दा बनाउने भएको छ । काठमाडौंमा बिहीबारदेखि सुरु भएको दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले संक्षिप्त तथा प्रारम्भिक समसामयिक राजनीतिक परिवेश र भावी कार्ययोजना पेस गर्दै संघीयताका कारण जनता महंगीको मारमा परेको उनको विश्लेषण छ ।

दुई दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, संगठन सुदृढीकरण, दोश्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र संघको निर्वाचनको तयारी लगायत समग्र पक्षमा छलफल गरि पार्टीको भावी रणनीति तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिहीबार केन्द्रीय समितिमा ४९ जना सदस्य थपिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, जगत गौचन, राजाराम श्रेष्ठ, परशुराम तामाङ, रामशरण पाठक, जयलाल पुन, रामचन्द्र राय, दिपकबहादुर सिंह, अजय थापा, सम्झना चौधरी, केदारवहादुर अधिकारी, केदार न्यौपानेसहित ४९ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेका हुन् । राप्रपामा २ सय ५१ जनाको केन्द्रीय समिति रहने प्रावधान छ ।

यद्यपि राप्रपाले राप्रपाले आफ्नो छलफलको एजेण्डामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाए पनि राजासंस्था र हिन्दुराष्ट्र बारे एजेण्डामा समेटेको छैन ।