काठमाडौं, १३ साउन
इन्जिनमा खराबीको संकेत देखिएछी पोखराबाट काठमाडौं उडेको यति एरलाइन्सको एक जहाज पोदरा नै फर्किएको छ । यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।
एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजको
इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएको जानकारी दिए ।‘हवाई सुरक्षामा थप जोखिम नहोस् भनी जहाज पोखरा फर्काइएको छ,’ उनले भने । बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए ।इन्जिनियरहरुले जहाजको जाँच थालेको समेत उनले बताए ।