काठमाडौं, माघ २३ (अनलाईन बहस)
आईसीए नेपालको आयोजना र जीन हस्टन फाउण्डेसनको सहआयोजनामा सामाजिक कालाकारिता नेतृत्व विषयमा प्रशिक्षण चलिरहेको छ । नेपालको संघीय राजधानी काठमाडौँको कोटेश्वरस्थित आईसीए हलमा जारी यस कार्यक्रममा लेखन, सामाजिक अभियान, अध्ययन, मनोसामाजिक परामर्श आदि विभिन्न क्षेत्रमा क्रियाशील पचास बढी सहभागिता रहेको छ ।
कार्यक्रमको प्रारम्भ ‘विवेकशील र प्रतिबद्ध एउटा सानो समूहले संसार परिवर्तन गर्न सक्छ भन्ने कुरामा संदेह नगरौँ, अहिले सम्मको वास्तविकता के हो भने यस्तै समूहले ठूला–ठूला परिवर्तन गर्दै आएको छ ।’ भन्ने भनाइबाट गरिएको थियो । यो भनाइ प्रसुद्ध अमेरिकी सांस्कृतिक मानवशास्त्री मार्गरेट मीडको हो । विभिन्न स्रोतहरूका अनुसार मार्गरेट मीड एक अमेरिकी सांस्कृतिक मानवशास्त्री थिइन्, जसले इस्वी सन्
१९६०—१९७० को दशकमा मास मिडियामा लेखक र वक्ताको रूपमा उपरोक्त विषय बारम्बार चित्रण गरिन् । उनले कोलम्बिया युनिभर्सिटीको बर्नार्ड कलेजबाट स्नातक डिग्री हासिल गरेकी हुन् । उनले कोलम्बियाबाट एमए र पीएचडी गरेकी हुन् । मार्गरेट मीडको जन्म डिसेम्बर १६, १९०१ मा संयुक्त राज्य अमेरिकाको फिलाडेल्फिया, पेन्सिलभेनियामा भएको थियो । उनले प्रेसिडेन्सियल मेडल अफ फ्रिडम र ई.सन् १९७० मा कलिंग पुरस्कार प्राप्त गरेकी थिइन् ।
नोभेम्बर १५, १९७८ मा संयुक्त राज्य अमेरिकाको न्यू योर्क सहरमा रहेको न्यू योर्क प्रेस्बीटेरियन अस्पतालमा उनको देहान्त भएको हो ।
कार्यक्रमका स्रोत व्यक्ति ‘पिपुल इनर्जी, क्यानडा’का अध्यक्ष जेनेट सेन्डर्स रहनुभएको छ भने कार्यक्रम सहजीकरण लामो समयदेखि सामाजिक कलाकारिताको अभियान तथा अभ्यासमा रहनुभएका प्रमिला केसी र अम्बादत्त भट्टले गरिरहनुभएको छ ।