सयौं वर्षको इतिहास र सात दशक लामो प्रजातान्त्रिक अभ्यासपछि पनि नेपालको समग्र अवस्था अझै कमजोर नै छ । हाम्रै अवस्था रहेका वा हामीसँगै विकास अभियान थालेका धेरै राष्ट्रहरु हामीभन्दा धेरै अघि पुगिसकेका छन् । विभिन्न सूचकहरुले हाम्रो अवस्था निकै कमजोर बताएका छन् ।
वल्ड इकोनोमिक फोरमको सहयोगमा तयार पारिएको एक प्रतिवेदन अनुसार इन्भारोन्मेन्ट पर्फमेन्स इन्डेक्स – सन् २०२२ (वातावरणीय कार्यसम्पादन सूचक) ले अध्ययनमा संलग्न १८० देशमध्ये नेपालको अवस्था १६२ रहेको बताइयो, जुन अत्यन्तै लज्जास्पद हो । वल्र्ड बैङ्कले निकाल्ने प्रतिवेदन लजिस्टिक पर्फमेन्स इन्डेक्स अनुसार सन् २०१८ मा १६० देशमध्ये नेपाल ११४ मा परेको थियो । सन २०२३ मा त यो अध्ययनमा नेपाल समावेसनै गरिएन । यस्तै, ट्रान्सपेरेन्सी इन्टरनेशनलले निकालेको करप्सन पर्सेप्सन इन्डेक्स २०२३ अनुसार नेपाल १८० देशमध्ये ११० मा पर्न गयो । वल्र्ड इकोनोमिक फोरमले निकालेको ग्लोबल ह्यूमन क्यापिटल इन्डेक्स –२०२३ अनुसार १५७ देशमध्ये नेपालको अवस्था १०२ मा रह्यो । यसैगरी १३२ देशलाई आधारमानी निकालिएको ग्लोबल इन्नोभेसन इन्डेक्स २०२२ मा नेपाल १११ स्थानमा रह्यो । ‘वल्र्ड प्रेस फ्रिड्म इन्डेक्स २०२३ मा १७९ देशमध्ये नेपालको अवस्था ११८ मा रह्यो । विभिन्न इन्डेक्सहरु मध्ये बढी प्रचलित ‘ह्युमन डेभ्लपमेन्ट इन्डेक्स – २०२२ अनुसार १९१ राष्ट्रहरुमध्ये नेपाल १४३ मा परेको छ । यस्तो अवस्थामा सचेत व्यक्तिहरुलाई हाँसो नआउन सक्छ, ऊ खुसी नहुन सक्छ । खुसीपन र हाँसोको सम्वन्ध पनि हाम्रो मष्तिष्कमा हुन्छ । मस्तिष्कले डोपमाइन (खुसीको रसायन), सेरोटोनिन (सन्तुष्टी, खुसी र आशावादिताको रसायन), इण्डोरफिन (दुखको अनुभुति कम गराउने), अक्जिटोसिन (माँया र यौनको खुसी ल्याउने) जस्ता रसायनहरु निकालिदिएन भने हाम्रो हाँसो आउदैन । हाम्रो मन खुसी भए मस्तिष्कले हामीलाई हाँस्ने अनुमति दिन्छ अर्थात त्यस्ता रसायनहरु निकालिदिन्छ । अन्यथा हामी निराश हुन सक्छौं ।
हाँसो वा खुसीबारे गरिएका अनुसन्धानहरुले मानिस खुसी हुन धेरै कुराहरु मिल्नुपर्ने बताउँछन । आफू आफ्नो जीवनप्रति कति सन्तुष्ट भइएको छ, त्यसैका आधारमा खुसीपनको निर्धारण हुन्छ । खुसीपनले समग्र शरीरलाई नै असर पार्छ । मनोविद्हरु भन्छन्, हामी आफ्नो खुसीपनलाई आफैं नियन्त्रण गर्न सक्छौं । हामीले हाम्रो मस्तिष्कबाट कस्तो रसायन निकाल्ने हो त्यो हाम्रै हातमा हुन्छ । ध्यान, सकारात्मक सोच, योग आदिका माध्यमबाट जीवनलाई खुसी बनाउन सकिन्छ भन्ने राय उनीहरुको छ ।
सुखीपनको अवधारणा
समृध्दिलाई केवल आर्थिक रुपमा मात्र नहेरी व्यक्तिको समग्र विकासका सन्दर्भमा हेरिनु पर्दछ । अझ कतिपयले त ‘विश्व खुसी सूचकाङ्क’ मा राम्रो मानिने देशनै समृद्ध देश हुन्’ भन्ने गरेको पाइन्छ । ‘वल्र्ड हयाप्पिनेस रिपोर्ट– २०२३ अनुसार नेपाल ७८ औं स्थानमा छ । १३७ देशमा गरिएको यस अध्ययन अनुसार भारत हामीभन्दा निकै पछि १२६ औं स्थानमा छ (वल्र्ड हयाप्पिनेस रिपोर्ट, २०२३) ।
कुनै पनि देश विकसित हुँदैमा समग्र जनता समृद्ध हुन्छन् नै भन्ने छैन । अमेरिका, बेलायत जस्ता धनी देशहरुमा पनि माग्नेहरुको संख्या अत्यधिक हुने गर्छ । ती देशहरुका जनताहरुमा पनि नैराश्यता व्याप्त हुने गर्छ । जीवनमा खुसीपन ल्याउन धेरै कुराहरु बीच सन्तुलन हुनु आवश्यक छ । धेरै पैसा भएर वा धरै पढेर मात्र मानिस सर्वात्रिक खुसी हुन्छ भन्न मानिस सर्वाधिक खुसी हुन्छ भन्न सकिन्छ । भनाइ नै छ, पैसाले खाट किन्न सकिन्छ, निद्रा किन्न सकिन्न, पैसाले घर बनाउन सकिएला तर आनन्द किन्न सकिदैन । जीवनमा पैसा हुनु जीवन चक्रका आठ आयाम मध्ये एक हो । जीवन सुखमय वा खुसहाल बनाउन स्वास्थ्य राम्रो हुनु पर्छ, साथीभाई तथा परिवार, रमाइलोपन माया र सद्भावको खाँचो पर्छ । यस्तै, व्यक्तिगत विकास, आध्यात्मिक विकास व्यवसाय तथा पेशा बीच पनि सन्तुलन हुनु आवश्यक छ । ‘सन्तुलनको चक्र’ मा तपाईंको अवस्था कहाँ होला ? आफै नापेर हेर्न सकिन्छ ।
सुखीपन आफू भित्र मात्र खोज्ने होइन, अरुमा पनि आफ्नो संलग्नताका आधारमा खोज्न सक्नु पर्छ । हामी आफूलाई अरुसंग बढी दाँजेर आफूलाई दुःखी तुल्याउंछौं । आफूलाई दुखी बनाउने कारणहरुबाट सकेसम्म अलग बसौं । जीवनलाई सन्तुलित ढङ्गबाट चलाउन सिकौं । आफूसंग भएकोमा खुसी हुन सक्नुपर्छ सुखीपन आफ्नो जिम्मेवारी निर्वाह गरेपछि साका साथ अथि बढन सक्नु पर्छ पनि प्राप्त हुन्छ । माकर््सवादीहरुले मानिसलाई प्राकृतिकरुपले उत्पादनशील र सामाजिक प्राणीका रुपमा मान्छन । मानिसले प्राकृतिक शक्तिलाई स्वतन्त्र प्रयोगद्वारा आफ्नो जीवनमा पूर्णता अर्थ खोज्छन भन्ने उनीहरुको दार्शनिक मान्यता छ ।
आशा र भरोसाका साथ अघि बढ्न सक्नुपर्छ । पछि होला भनेर परिवर्तन मात्र होइन, सकारात्मकरुपमा आफ्नो क्षमता बढाउदै अघि बढ्नु पर्छ । परम्परागत सोचमै बस्नु पर्छ भन्ने छैन । यस्ले विकास तथा समृध्दिलाई आकर्षण नगर्न सक्छ । संसार अत्यन्तै छिटो परिवर्तन हुंदैछ । जीवन जगत्का पूराना नियममा मात्रै आफूलाई सीमित पार्नु हुन्न । एउटा अनुसन्धानले भने अनुसार सुखीपन ल्याउने हाम्रो क्षमता जन्मजात् हुने कुरा ५०% हाम्रो वातावरणले हामीलाई सुखी बनाउने १०% र हामी आफैंले कोशिश गरेर आफूलाई खुसी बनाउने ४०% जिम्मेवार रहने बताइएको छ । परिवर्तनलाई आत्मसात् गर्न सक्नुपर्छ ।
सुखीपनका ती आधारभूत बस्तु छन्रः हुनु (जीवनयापनलाई राहिने आधारभूत बस्तु), मायाँ गनुृ (परिवार, साथी) र हुनु (अवहुने कुरा) । आफूले काम गर्ने वातावरण आनन्दमयी भयो भने यस्ले खुसीपन ल्याउंछ । तर, यो आनन्दमयी वातावरणको सिर्जनामा सबैको भूमिका हुन्छ । काममा विश्वासकोवातावरण भयो भने त्यस्ले पनि हामीलाई आनन्दित तुल्याउंछ । मानिस जब अन्तरआत्मा देखिनै आनन्दित हुन्छ, त्यस्ले उस्को समग्र शरीरलाई नै आनन्दित तुल्याउंछ । आफूलाई मन नपर्ने वा दिक्कलाग्ने काम नगर्दा नै बेस हुन्छ किनकि यस्ले तपाईंको खुसीपनलाई निरुत्साहित गर्छ । जीवनको उद्देश्य र लक्ष्य प्राप्तिले खुसीपन आउंछ । खुसी हुन जीवनमा खुसीका पल ल्याउनु पर्छ तलका १४ सुझावहरु प्रयोग गर्ने प्रयल गरौं ।
१. सक्रिय बनौं, व्यस्त रहौं ।
२. सामाजिक काममा आफूलाई लगाऔं ।
३. उद्देश्यपूर्ण कामका लागि सक्रिय बनौं ।
४. व्यवस्थित बनौं ।
५. चिन्तालिन छोडौं ।
६. आंकाक्षा र आशा कम राखौं ।
७. सकारात्मक र आशावादी सोच राखौं ।
८. वर्तमानका लागि तयार रहौं ।
९. स्वस्थ व्यक्तित्वको विकास गरौं ।
१०. धुलमिल भई बाह्य कार्यमा संकलन रहौं ।
११. आफ्नो लागि जिऔं ।
१२. नकारात्मक कुराहरु निमिट्यान्न पारौं ।
१३. नजिकको संम्वन्धलाई महत्व दिऔं ।
१४. खुसीपनलाई महत्व दिऔं ।
९लेखक विज्ञान तथा वातावरणका क्षेत्रमा कलम चलाउनु हुन्छ०।