काठमाडौं, असोज ४ रासस
स्वास्थ्य सेवा सुधारका माग गर्दै ९ दिनदेखि अनशनमा रहेका डा। गोविन्द केसीलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी भएको छ ।
उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खलको
अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काईट्रक मार्फत काठमाडौं पठाउने तयारी गरेको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
उनका अनुसार सेती प्रादेशिक अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।