images
images

प्रहरी प्रवक्ताको जिम्मा डीआईजी राईलाई

काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ । 

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि डीआईजी राईलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बिहीबार जनाएको छ ।

डीआईजी राईलाई ९८५१२-९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी विष्णु कुमार केसीको सरुवा भएपछि राईलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

राई केहीदिन अघिमात्रै डीआईजीमा बढुवा भएका थिए । बढुवापछि उनलाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।