संक्षिप्त परिचय:
म गंगाधर चौधरी, बि.सं. २०२२ साल फाल्गुण महिना १९ गते महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका, हाल वार्ड नं. १ मा, मेरो जन्म भएको हो। वुबा श्री राजेन्द्र चौधरी र आमा स्वर्गिय शान्ती देवी चौधरी को जेठो छोरा हुँ। बि.सं. २०२२ मा मेरो वुबाले वाणिज्य विषयमा स्नातक अध्ययन पुरा गरी जागिरको सिलसिलामा काठमाडौमा आउनु भयो तर आमाले गाँउमा खेतिपाति गर्ने हुनाले मेरो बाल्यकाल गाउँ मै बित्यो।
मेरो शिक्षा
त्यस्ताका गाऊँको स्कुलको दाँजोमा काठमाडौको स्कुलको पढाई राम्रो भएको हुनाले वुबाले मलाई काठमाडौमा बि.सं. २०२८ सालमा ल्याउनु भयो। वुबा नोकरीमा जाने र आमा गाँउमै खेतिपाति गर्ने हुनाले वुबाले मलाई थापाथली स्थित महेन्द्र आदर्श बिध्याश्रमको होस्टेलमा राखिदिनु भयो। तत्काल, उक्त विध्यालयका प्रधान अध्यापिका सुश्री तुलजा शर्माज्यूको मार्गनिर्देशन तथा वहाँले दिएको अनुशासनको पाठले मेरो जिवनमा नयाँ मोड आएको अनुभव गरे। महेन्द आदर्श विध्याश्रममा प्राथमिक कक्षा समाप्त गरे पछि निम्न माध्यामिक कक्षाको पढाई बल्खु स्थित लेबोरेटरी माध्यमिक विध्यालयमा सम्पन्न गरे। यस समयमा आमाले खेतीपाती, गाँउका आफन्तलाई अधियामा लगाई हामी तीन भाई तथा दुई बहिनिहरुको हेरचाह तथा पालन पोषणका लागी काठमाडौमा बस्न आउनु भयो जसले गर्दा होस्टेलको जीवन बाट छुटकारा पाइयो। म बाल्य अवस्था देखि नै गणित विषय राम्रो रहेकोले आफन्तहरुले यसलाई ईन्जिनियर बनाउनु पर्छ भनि मलाई हौसला दिने गर्थे, जसले गर्दा मेरो अन्तरआत्माले यो कुरालाई आत्मसात गर्दै गयो र ईन्जिनियरीङ पढ्ने ईच्छा म मा बढ्दै गयो। गणित विषयमा राम्रो भएको तर लेबोरेटरी स्कूलमा त्यस बेला अतिरिक्त गणित विषय नरहेकोले मैले आठ कक्षा देखी बालाजु स्थित सिध्दार्थ वनस्थली माध्यमिक विध्यालयमा अध्ययन गर्ने अवसर प्राप्त गरे। सिध्दार्थ वनस्थली माध्यमिक विध्यालयमा मेरो संगत मिलनसार, पढाईमा निपुर्ण बिध्यार्थीहरु संग भएको हुनाले मलाई त्यस्ताका फलामे गेट भनेर चिनिने SLC मा प्रथम श्रैणीमा उतिर्ण हुन त्येति गार्हो परेन। मैले बि.सं. २०३८ मा SLC उतिर्ण गरे। प्राय मिल्ने साथिहरु अमृत साईन्स कलेजमा भर्ना हुन गएकाले म पनि उक्त कलेजमा भर्ना भए। त्यस बखत अमृत साईन्स कलेजमा भर्ना हुन पाउनु भनेको प्रशंन्साको विषय हुन्थ्यो।
कलेजमा आए पछि थाहा भयो कि कलेजको पढाई पर्याप्त नहुने रहेछ र अत्ति नै मेहनत गर्नु पर्ने महसुस गरे। निकै परिश्रम पश्चात प्रबिणता प्रमाण पत्र तहमा प्रथम श्रेणीमा उतिर्ण हुन सफल भए। त्यस्ताका प्रथम राष्ट्रिय खेलकुद संचालन भएकोले पढाई एक बर्ष ढिलो भयो र रिजल्ट आउदा अर्को एक वर्ष पनि बरबाद भयो। नेपालमा ईन्जिनियरीङको पढाई त्रीभुवन
विश्वबिद्धालयले भर्खर शुरु गरेको र विद्यार्थीहरु बिदेस पढ्न उत्साहित रहेकोले मैले पनि भारतमा पढ्ने अवसर पाए। भारत स्थित काश्मिरको रिजनल ईन्जिनियरिङ कलेज श्रीनगरमा भर्ना हुनलाई भारतिय दुतावासबाट प्रस्ताव पत्र प्राप्त भयो। यस धर्तिमा श्रीनगर “पृथ्वीमा स्वर्ग” भन्ने कहावत सुनेको थीए। त्यहा पुगे पछी उक्त भनाई महसुस गरे। तर अढाई वर्षको बसाईले उक्त भनाई, त्यहाँ बढेको हिंसाले ओझेलमा पार्यो। बि.सं. २०४६ सालमा हामी जाडोको बिदामा नेपाल आएको बेला, त्यँहाका गृह मन्त्रीको छोरी अपहरण भएकोले सरकारले छ महिना निषेधाज्ञा लगाएको थियो। यसको परिणाम स्वरुप भारत सरकारले उक्त कलेजमा भएका विद्यार्थीहरु लाई अन्यत्र कलेजमा स्थानतरण गरिदियो। म पश्चिम बंगाल स्थित वर्धमान विश्वविद्यालय अन्तर्गत रिजनल ईन्जिनियरींङ कलेज दुर्गापुरमा स्थानतरण भए। वि.सं. २०४९ सालमा इन्जनियरीङको पढाई सकेर म नेपाल फर्के। नेपाल आईसके पछि जागिरमा लाग्ने प्रयास गरे।
बिभिन्न संस्थाहरुमा काम गर्दै, हेटौडा स्थित बन बिज्ञान अध्ययन संस्थामा पढाउने मौका पाए। केही समय काम गरे पछि, स्नातोक्तर गर्ने ईच्छा जाग्यो। पोखरा विश्वविद्यालय अन्तर्गत नेपाल ईनजिनियरीङ कलेजबाट प्राकृतिक शंसाधन व्यबस्थापन विषयमा, बि.सं. २०६० सालमा उतिर्न भए। यो पढाइले मलाई स्नातक तहमा जलाधार व्यवस्थापन पढाउन मद्धत मिल्यो। स्नाक्तोतर तहमा बैकल्पिक बिषयहरु बायोइन्जिनियरिङ् र वातावरणीय प्रभाव मूल्याङ्कन को पढाइले मेरो व्यबसायिक कार्यमा थप प्रगती गरेको अनुभव गरे। बि.सं. २०६४ सालमा बन बिज्ञान अध्ययन संस्थानलाई बिदाई गरेर झापामा संचालित भुटानी शरणार्थीहरुको सेवामा लुथरण वर्ल्ड फेडेरेशनको तर्फवाट परियोजना व्यबस्थापकको रुपमा कार्यरत रहे। यहाँ काम गर्दा धेरै नयाँ अनुभव प्राप्त भयो। बि.स.२०६८ साल सम्म उक्त क्षेत्रमा काम गरी फेरी काठमाडौं फर्के। यहाँ आईसके पछि फेरी अध्ययन गर्ने ईच्छा जागृत भयो र पीएच.डी. सेन्टरको माध्यम बाट भारत, राजस्थान स्थित मेवार विश्वबिद्धायलयमा पीएच.डी.अध्ययन गर्ने मौका पाए।
पीएच.डी. अध्ययन को यात्रा
पीएच.डी सेन्टरमा प्रोफेसर डा. तत्व प्रसाद तिमिसिनाज्यु संगको भेटमा, म पीएच.डी अध्ययन गर्न उत्साहित भए। कुन विषयमा अध्ययन गर्ने कुरा दिमागमा खेलाउन थाले। बैदेशिक संस्थामा काम गर्दा समुदायको सामना गर्ने क्षमताको विषयमा मलाई पहिले देखी नै खटकिरहेको थियो। कुनै पनि प्रकोप हुदाँ बैदेशिक संस्थाहरुले समुदायको प्रकोप संग लड्ने क्षमताको मूल्याङकन नगरी नै बिभिन्न राहत सामाग्री वितरण देखी लिएर जिविकोपार्जनका कार्यक्रमहरुमा सहयोग गर्ने गरेको देखियो। समुदायको प्रकोप सम्बन्धि सामना गर्ने क्षमता अभीबृद्धि गर्न नयाँ तकनिकिहरुको प्रयोग गरिएको देखिएन। समुदायमा प्रकोप सामना गर्ने क्षमता कस्तो छ र कसरी तिनिहरुले आफु र आफनो समुदायलाई प्रकोपबाट बचाउन सकिन्छ भन्ने तथ्य बिना नै समुदायमा प्रकोप सम्बन्धी काम गरको महसुस गरे। नेपाल सरकारले प्रकोप न्यूनिकरण, तयारी, प्रतिकार्य र पुन:स्थापना का लागी लिईएको लक्ष्यमा कुनै उलेख्य प्रगती भएको देखिएन र साथै हालको प्रकोपका घटनाहरुमा मानवीय, भौतिक तथा वाताबरणीय क्षती बढ्दै गएको देखियो। यी सबै समस्यहरुलाई मनन् गर्दै “Assessment of Capacity and Coping Mechanism of Vulnerable Communities against Natural Disaster in Nepal” विषय, पीएच.डी.अध्ययनका लागी छनोट गरे। यसमा समुदाय र स्थानीय सरकार बीच जलवायू परिवर्तनका कारण वाढी जस्ता प्राकृतिक प्रकोपहरूका लागि चेतना, धारणा र तयारीको स्तर के कसरी निर्धारण गरीएकोछ र अन्य देशहरूमा अपनाइएका विपत्त सामना गर्ने रणनीतिहरूलाई नेपाली सन्दर्भमा अपनाइएका रणनीतिहरूसँग तुलना गर्नु नै यस अध्ययनका प्रमुख ऊदेश्यहरु रहेको थियो। प्राकृतिक प्रकोप विषय आफैमा विशाल भएकोले अन्य प्रकोपहरु भन्दा पनि बाढिको प्रकोपलाई अध्ययनको केन्द्र बिन्दु बनाए। बाढिको प्रकोप पनि नेपालका लागी प्रमुख चुनौतीको विषय बनेको छ। यो प्रकोपले बर्सेनी धन जनको क्षति तथा समुदायको उठिवास गरेकोछ।
यो अध्ययनका लागी तीन जिल्लाहरु (सप्तरी, कञ्चनपुर र कैलाली) को वाढी प्रभावित समुदायहरु छनौट गरिएको थियो जसमा समुदायका ४०० घरदुरिहरु तथा जिल्लामा प्रकोप न्यूनिकरणमा लागेका ३० संघ संस्थानहरुमा सर्वेक्षण गरिएको थियो। यो अध्ययन सुरक्षात्मक प्रेरणा सिद्धान्तमा आधारीत रहेकोछ जसमा सामना गर्ने प्रक्रियाको मूल्याङ्कण (प्रतिक्रिया प्रभावकारिता, आत्म प्रभावकारिता, प्रतिक्रिया लागत) बारे चर्चा गरीएको छ। यो अध्ययन को अनुसन्धान मिश्रित विधि (गुणात्मक र मात्रात्मक) मा आधारीत रहेको छ।
यस अध्ययनले समुदायमा भएको प्रकोप संग सामना गर्ने क्षमताको पहिचान हुने र विपत्त न्यूनिकरण व्यबस्थापनमा योजना तर्जुमा गर्दा बिभिन्न सरोकारवालाहरुलाई टेवा पुग्ने तथा समुदायमा नयाँ प्रबिधिहरुको प्रयोगले प्राकृतिक प्रकोप संग सामना गर्न सक्ने क्षमताको अभीबृद्धी हुने अपेक्षा गरी यो पीएच.डी अध्ययनको यात्राको शुरुवात गरिएको हो। पीएच.डी अध्ययन यात्राको दौरान २०७२ सालमा आएको भूकम्पले यस अध्ययनमा चुनौतिका साथ साथै अवसर पनि प्रदान गर्यो। उक्त समयमा भुकम्पबाट पिडित समुदायको सेवा गर्नु पर्ने दाईत्वले गर्दा पीएच.डी अध्ययन समयमै सम्पन्न गर्न चुनौती भयो भने भूकम्पको विपत्तीको सामना गर्न समुदायले कस्ता किसिमका सामना गर्ने क्षमता अभिबृद्धि गरे भन्नेमा अध्ययन गर्ने अवसर पनि प्राप्त भयो। प्रकोप न्यूनिकरणका लागी कस्ता किसिमका नयाँ प्रबिधिहरु प्रयोगमा आएका छन र ती प्रबिधिहरु कसरी प्रयोग भइरहेको छ भन्ने विषयमा त्यस्ता प्रबिधीहरु प्रयोग गरेका अन्य देशहरुको बारेमा अध्ययन गर्न जरुरी ठानेर मैले नेदरल्याण्डलाई र बंगलादेशलाई यस अध्ययन संग जोडे।
अन्य देशहरुबाट सिकाई
“God created the world, but the Dutch created the NL” यो भनाई नेदेरल्यान्डमा बढि प्रचलित छ। नेदरल्यान्डमा Rhine, Meus र Scheldt नदिहरु तथा North Sea ले गर्दा बाढिको प्रकोपले त्यहाँका मानिसहरुले विपत्ति बेहेर्नु परेको थियो। समुद्र सतहबाट ११ मिटर तल जमिन रहेको नेदेरल्यान्डमा मानव बस्तिको विकास भयो। समन्द्र तटमा ठुलो पर्खाल लगाएर बस्तिको विकास गरेका छन। साथै त्याँहाका सरकार तथा बुद्धिजिविहरुले नयाँ प्रबिधिको विकास गरेर विश्वमा क्रान्ति नै ल्याएका छन्। कृतिम नदिहरु (Room for the River) तथा तालहरुको बनावट, नदिनाला सुधार ले गर्दा बढि भएको पानिलाई समाहित गरेर मानव बस्तिलाई बाढिको प्रकोपबाट बचाएको छ। साथै जमिन मुनी पानी जानलाई जमिनमा
छिद्र भएको सामानको प्रयोगले गर्दा बाढीको प्रकोपलाई न्यूनीकरणमा मद्धत गर्दछ र जमिनको पानीको सतहलाई बढाउने कामले गर्दा खाने पानीको आवश्यकताको पुर्ति पनि हुने गर्दछ। साथै जमिनमा फालिएको फोहर मैला नदि नाला आदि ईत्यादी जानबाट रोक्छ, जसले गर्दा ढल, नाला रोकिएर बस्तिलाई बाढी तथा डुवानबाट बचाउँछ। भौतिक पूर्वाधार विकासमा उच्च सुरक्षाका उपायहरू अपनाएका छन्। अहिलेको जल्दो विषय भनेको जलवायू परिवर्तन हो। हुन त जलवायू परिवर्तनको कारक एक देश मात्र नभएर सम्पुर्ण विश्व नै हो। तसर्थ, नेदरल्यान्डले जलवायु संरक्षण गतिविधिहरूमा पनि जोड दिएको देखिन्छ। अबका पूर्वाधार भनेको जलवायु परिवर्तनमा पूर्वाधारहरूलाई प्रयोग योग्य बनाउन सकिने प्रविधिको विकास हो। यसमा जलवायू परिवर्तन ले गर्दा हुने नकारात्मक प्रभावले भौतिक पुर्वाधारहरुमा कुनै असर गर्न सक्दैन।
यस कारणले, जोखिम संचार, जोखिम नक्साङकण र रोकथाम उपायहरू लिई महत्वपूर्ण पूर्वाधार तयार गरेर जनचेतनामा धेरै ध्यान दिइएकोछ। यसले विभिन्न आपतकालीन सेवा प्रदायकहरू, प्रशासनिक निर्णयकर्ताहरू, सञ्चार माध्यमहरू, र प्रकोप न्यूनिकरण योजनाहरू बीचको राम्रो समन्वय गरेकोछ। बाढीले धेरै पीडितहरू निम्त्याउन सक्छ, व्यक्तिहरूलाई मात्र जोखिम होइन यसले समाजलाई असर गर्दछ। ताकि आपत्कालीन व्यवस्थापन योजना लागू गरी बाढीको क्षतिको सम्भावना कम गर्न सकियोस् । प्रभावकारी बाढी पूर्वानुमान प्रणालीको मामलामा बाढी आउनु अघि कारबाही गर्न पर्याप्त समय हुन सक्छ। नेदरल्यान्डले प्रक्रिया उन्मुख दृष्टिकोणबाट प्रकोप व्यबस्थापन गरिरहेको छ जसमा भू-उपयोग व्यवस्थापन, भवन संहिता, बीमा, र आपतकालिन व्यवस्थापनलाई बाढी जोखिम व्यवस्थापनको रुपमा समावेश गरेकोछ। सन् २००९ मा नेदरल्यान्डले बहु-तह सुरक्षा दृष्टिकोण अनुसार वाढी रोकथाम बाट बाढि जोखिम व्यबस्थापन निति अपनायो। बहु-तह सुरक्षा दृष्टिकोणमा यसले बाढी विरुद्ध रक्षात्मक उपायहरू (तह १), लचिलो स्थानिय योजनाका उपायहरू (तह २), र प्रभावकारी विपद् व्यवस्थापन उपायहरू (तह ३) लाई एकीकृत गरेर बाढी जोखिमहरू कम गर्ने लक्ष्य राखेको छ।
बंगलादेश तथा गरिब र विकासोन्मुख देशहारुमा बाढीसँगै बाँच्नका लागी “बाँढी संगै बाच्ने” प्रबिधि अपनाएको देखिन्छ। उनीहरूले नजिकै उपयुक्त ठाउँ भेट्टाउँदैनन् र आफ्नो घर र सम्पत्तिको रक्षा गर्न बाढिको पर्वाह गर्दैनन्। बंगलादेश सरकारले बाढीबाट बच्न नागरिकलाई आश्रय प्रदान गर्ने उदेश्यले धेरै संख्यामा चक्रवात र बाढी सेल्टरहरू निर्माण गरेकोछ। बंगलादेशमा प्रारम्भिक चेतावनी प्रणाली, टेवा पर्खालको निर्माण, नदी नियन्त्रण , संरचनाहरुको मर्मत र संक्षरण जस्ता कार्यहरु पनि लोकप्रिय छन्। बंगलादेशमा अपनाइएका गैर-संरचनात्मक न्यूनीकरणका उपायहरूमा जमिन बिभाजन र विपद् व्यवस्थापन, बाढी-प्रभावित क्षेत्रहरूमा पूर्वाधार योजना र विकासका लागि नीतिहरू, विपद् पूर्वतयारी र प्रतिकार्य योजना र बाढी पूर्वानुमान र चेतावनी समावेश छ। सरकारले विपद् व्यवस्थापनका सबै चरणमा संलग्न सबै सरोकारवालाहरु सँग समन्वय गर्न जोड दिइरहेको छ । बंगलादेशमा अपनाइएका केही गैर संरचनात्मक उपायहरू निम्नानुसार छन्: -सफल कानून, नीति र योजना निर्माण, क्षमता विकास र जनचेतना प्रबाह, संस्थागत विकास, चेतावनी प्रणालीको विकास, र प्रभावकारी कार्य योजनाको निर्माण तथा प्रयोग। बाढी पूर्वानुमान प्रणाली सरकारले अपनाएको
छ, तर सम्भावित जोखिममा परेका समुदायलाई सही समयमा सन्देश प्रवाह गर्ने असक्षमताले गर्दा विपत्त व्यबस्थापन प्रभावकारी हुन सकेको छैन। बाढी बीमा अभ्यास अझै लागू भएको छैन। बंगलादेशमा अपनाइएका बाढी व्यवस्थापन गतिविधिहरू संरचनात्मक र गैर-संरचनात्मक उपायहरू, एकैसाथ जोडिएका छन्। जोखिममा परेका समुदायको सहभागिता बाढी व्यवस्थापन गतिविधिहरूमा संलग्न छ। बंगलादेशमा हुने बाढी न्यूनीकरणका लागि छिमेकी मुलुकसँगको समन्वय अत्यावश्यक भए पनि यस क्षेत्रमा कुनै ठुलो ऊपलब्धि हासिल गर्न सकेको छैन।
यस अध्ययनका निष्कर्षहरु
नेपालको तीन जिल्लाको बाढी प्रभावित समुदायहरुमा गरिएको सर्वेक्षणमा संघ संस्थाहरु संग प्रचुर मात्रामा श्रोत साधन नभए पनि भएको संसाधनहरुको सही उपयोग गर्न सके, प्रकोप नियन्त्रण बढी प्रभावशाली हुने थियो। जोखिम क्षेत्रहरूको पहिचान तथा ती क्षेत्रहरुको सीमाङ्कन गर्न जरुरी छ। संगठनात्मक गतिविधिहरूमा प्रकोप प्रभावित समुदायका व्यक्तिहरूको सहभागिता हुनु नितान्त आवश्यक छ। यसले ती व्यक्तिहरु तथा समुदायको सामना गर्ने क्षमताको पहिचान तथा उपायहरुलाई परिमार्जित गरी प्रभावशाली ढङगबाट प्रयोगमा ल्याउन सकिन्छ। जोखिम-प्रभावित क्षेत्रमा इष्टतम जानकारी सुनिश्चित गर्न जरुरी हुन्छ र सबै सरोकारवालाहरूलाई जानकारीको प्रसार समयमै आधुनिक प्रविधीयूक्त तथा प्रयोगकर्ता मैंत्री हुनु जरुरी छ। जोखिमयुक्त स्थलहरूमा भूमि बिभाजन नक्सा र जोखिम नक्साको उपलब्धता सबै सरोकारवालाहरुको पहुँचमा हुनु पर्दछ। जलवायु परिवर्तनको अनुकूलनमा संगठनात्मक क्षमताको विकास गर्न सके मात्र समुदायको प्रकोपको जोखिमलाई नयूनिकरण गर्न सकिन्छ। हाल सम्म पनि नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण व्यवस्थापन (DRRM) मा निजी सार्वजनिक साझेदारी मोडेल प्रवर्द्धन गर्नसकेको छैन। विपद्को जोखिममा परेका मानिसहरूलाई लक्षित गरी DRRM क्षेत्रमा स्थानीय तहमा वित्तीय संस्थाहरू स्थापनाको शुरुवात भएको देखिदैन। साथै दुर्घट्ना बीमाको प्रचलन स्थानिय तहमा पुर्याउन सके, विपत्तमा परेको मानिसहरुलाई पुनुरुत्थान गर्न सजिलो, छरितो र छिटो हुने तथ्य यस अध्ययनले निष्कर्ष निकालेको छ। यसले गर्दा विपत्तबाट समुदायमा पर्ने नकरात्मक प्रभावबाट बचाउन सकिन्छ। प्रकोपको सामना गर्न नवीन प्रविधि र ज्ञान आर्जन गर्न अनुसन्धान र विकासलाई बढावा दिनु जरुरी देखिन्छ।
स्थानिय तहमा सुरक्षीत स्थानको पहिचान तथा उक्त स्थानहरुमा भौतिक पूर्वाधारहरुको विकास हुनु जरुरी छ। घरहरु बनाउँदा भवन संहिताको पालना स्थानिय तह मै गर्नु पर्दछ जसको परीणाम स्वरुप प्रकोपबाट बच्न सकन्ने पुर्वाधारको बिकास हुने भएकोले धन जन को सुरक्षा सुनिश्चित गर्न सकिन्छ। विपद् व्यवस्थापनसँग एकीकृत विकास गतिविधिहरूमा जोखिममा परेका जनताको सहभागिता भएमा मात्र विपत्त न्यूनिकरण गर्नमा मद्धत पुग्छ। दिगो रूपमा पारिस्थितिकी र वातावरणको संरक्षणमा मानिसहरूको धारणामा कमी रहेको छ र जसले गर्दा प्रकोप सामना गर्ने क्षमताको कमीले गर्दा विपत्ती निम्त्याउन्छ। स्थानीय समुदायहरु द्वारा बाढी पूर्वानुमान र पूर्व चेतावनी प्रणाली को लाभ उठाउन सकिने हिसाबले प्रकोप बारे सुचनाहरु आदान प्रदान हुनु आवश्यक छ। यसमा सबै सरोकारवालाहरुमा भरपर्दो
तथ्याङक र समयमै प्रतिक्रिया प्राप्त गर्न सकिने किसिमले सक्षम प्रणाली बनाउन जोड दिनु पर्दछ। राष्ट्रिय भवन संहिताहरू प्रयोग गरी बलियो संरचनाहरूको निर्माणले प्रकोपको प्रभावलाई सामना गर्ने सुनिश्चित गर्न सबै सरोकारवालाहरुमा यस बारे जानकारीका प्रबाह गर्न सक्नु पर्दछ। जलवायू परिवर्तनले गर्दा वातावरण मैत्री संरचनाहरुको विकास गर्न जरुरी रहेको छ। परा पूर्वकाल देखि नै आदिवासी समुदायमा प्रकोपको लागि सामना गर्ने क्षमतामा विकास भएको छ तर समय साक्षेप अवस्थामा त्यस्ता क्षमताहरुको तकनिकि ढङगले क्षमता सुधार गर्नु आवश्यक रहेको छ। बाढी प्रकोपको प्रभावकारी सामना गर्ने क्षमतामा जनमानसमा सचेतनाको कमीलाई हटाउने र जलवायु परिवर्तनको अनुकूलनमा मानिसहरूको क्षमताको विकास गर्नु पर्ने निर्क्योल यस अध्ययनले गरेकोछ।