images
images

जंगीअड्डा पुगे भारतीय राजदूत

काठमाडौँ : नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव प्रधान सेनापती प्रभुराम शर्मालाई भेट्न सैनिक जंगी अड्डा पुगेका छन् । सैनिक जङ्गि अड्डामा भएको भेटमा आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

सेनाले नेपाल–भारत सिमानामा तारबार लगाउनुपर्ने प्रस्ताव गरेको छ । सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयद्वारा जंगी अड्डामा आयोजित अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी सेमिनारको समापनमा बिहीबार प्रधानसेनापति शर्माले खुला सीमा नियन्त्रणमा जोड दिँदै तार लगाउनुपर्ने प्रस्ताव राखेका थिए ।

राजनीतिक नेतृत्वले वेलावेला नेपाल–भारत सीमामा काँडेतारको विषय उठाए पनि सुरक्षा नेतृत्वबाट आएको यो अभिव्यक्तिलाई चासोका साथ हेरिएको छ ।

बुधबारदेखि चलेको सेमिनारमा सेना, सशस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गृह, रक्षा र सिँचाइ मन्त्रालय, नापी विभागका अधिकारी सहभागी थिए । त्यस्तै, सीमाविद् बुद्धिनारायण श्रेष्ठ तथा अन्तर्राष्ट्रिय कानुनका अध्येता अपूर्व खतिवडालाई पनि सेनाले निम्त्याएको थियो ।

प्रधानसेनापति शर्माले जमिन सिमानाको मात्रै नभएर अब आकाशको सिमाना सुरक्षाबारे पनि चर्चा गर्नुपर्ने बताएका थिए ।

‘अब आकाशको सिमानाको पनि कुरा गर्नुपर्छ । आकाशमा भएका रणनीतिका कारण देशको सुरक्षामा सकारात्मक–नकारात्मक प्रभाव पार्छ । हामीले अकासे सीमाको पनि अध्ययन गर्नुपर्छ र नेपाली सेनालाई यसका लागि उपकरणले सुसज्जित गराउनुपर्छ,’ शर्माले भनेका थिए ।

सैनिक जङ्गि अड्डामा भएको भेटमा आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।