images
images

पूर्वमन्त्री कार्कीको घरको गेट अगाडि शंकास्पद वस्तु भेटियो

काठमाडौँ - प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको झापा गौरदाहस्थीत घर अगाडी शंकास्पद वस्तु फेला परेको छ ।

आँगनछेउको सडक पेटीमा बिहान साढे ५ बजे तार जोडिएको कुकर देखिएको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताएका छन् । शंकास्पद वस्तु देखिनसाथ प्रहरीलाई खबर गरिएको कार्कीले बताए ।

शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी दिलीप गिरीले जानकारी दिए ।