काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार मृत अवस्थामा पुगेको हुँदा अब राख्न नसकिने बताएका छन् । उनले चुनावका लागि परमादेशी सरकारको कुनै अर्थ नरहेको बताए ।
‘चुनावका लागि देश जाँदा परमादेशी सरकारको कुनै अर्थ छैन’, ओलीले भने, ‘बाँकी हामी सकेसम्म राम्रो सहमतिको बाटोमा जान चाहन्छौं । भएन भने देशलाई कुबाटोमा जानबाट रोक्छौं । यो सरकार हानिकारक छ । यसले हैजा फैलाउँछ । यो सरकार मरिसक्यो । देशका लागि यो गठबन्धन मृत भइसक्यो । यो सरकारको अंग प्रत्यंग झर्दै गएका छन् । अब राख्न सकिँदैन ।’