काठमाडौँ - स्थानीय सरकारले आज २०७९०८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् ।
पालिकाले असार १० गतेभित्र सभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार धेरैजसोले आज ल्याउन लागेका हुन् । केही पालिकाले यसअघि नै सार्वजनिक गरिसकेका छन् ।
अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
केन्द्रले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय सरकारले बजेट ल्याउने गर्दछन् ।