काठमाडौँ - आइतबार पनि सार्वजनिक विदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् ।
रिटमा आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको मन्त्रीपरिषदको निर्णय बदर गर्न र परमादेश माग गरिएको छ ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय लगायतलाई विपक्षी बनाइएको छ । उक्त विवाद अब एकल इजलासमा सुनुवाइ हुने छ ।
वैशाख २६ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयन भइरहेको छ ।