images
images

वन महोत्सव

तिनाउ, पाल्पा ।  
वन महोत्सव तथा डढेलो नियन्त्रण सम्बन्धी बृहत् आमसभाको तयारी बैठक तिनााउ गाउँपालिका वडा नं।१ को कचलमा सम्पन्न भयो । 
बैठकमा सामुदायिक वन समन्वय समिति, तिनाउका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरुङले सामुदायिक वन समन्वय समितिले गर्ने कार्यहरु,यसको प्रभावकारिता र चैत्र ६ अनि ७ गते गरिने वन महोत्सव एवम् डढेलो नियन्त्रण सम्बन्धी आमसभामा सामुदायिक वन उपभोक्ता समूहले खेल्ने भूमिकाका बारे जानकारी गराउनुभएको थियो । 
बैठकमा समन्वय समितिका अध्यक्ष पदमलाल शाक्यले वन महोत्सवमा आआफ्ना सामुदायिक वनमा पाइने वनस्पति, जडीबुटी र पशुपंक्षीहरूका फ्लेक्स प्रदर्शनी र डढेलो नियन्त्रण सम्बन्धी आमसभामा स्थानीय समूहरुले आफ्नो गीत तथा नृत्यका साथै संरक्षणसम्बन्धी सन्देश प्रवाह गरिने बताउनु भयो।
बैठकका प्रमुख अतिथि वडाध्यक्ष भुवानसिंह चिदीले आफ्नो वडामा गौरवको कार्यक्रम आयोजना हुन थालेकोमा खुसी व्यक्त गर्दै सबै सरकारी,गैरसरकारी संस्थाहरू एवम् सामुदायिक वन उपभोक्ता समूहहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। उक्त महोत्सवले वनप्रतिको चासो थप बढ्ने बताए । 
महोत्सवमा राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने समन्वय समितिका सदस्य सावित्रा रानाले बताउनु भयो । उक्त महोत्सवलाई सफल बनाउन स्वागत तथा सत्कार उपसमिति, खाजा तथा खाना र आवास व्यवस्थापन उपसमिति गठन गरी प्रभावकारी बनाउन सचिवालय गठन गरिएको समितिका सदस्य भोजबहादुर छहरीले बताउनु भयो । 
बैठकमा वडा नं।१ का १३ वटा सामुदायिक वनका ३७ जनाको सहभागिता रहेको थियो ।