images
images

होली—फागु: सबै मिसिने, सबै रमाउने पर्व !

आज फागु हो, भोलि होली पर्व हो । फागु र होलीको भेद अरु केही होइन, पहाडी क्षेत्रमा फागु र तराई मधेशमा होली भनिन्छ । यो पर्व फागुन शुक्ल पूर्णिमाको दिन मनाइन्छ । अघिल्लो दिन र पछिल्लो दिन मनाउने सन्दर्भमा आ- आफ्ना तर्क र मान्यता रहेको देखिन्छ । यसका धेरै आयामहरू हुनसक्दछन्, तर मुख्य विषय भने पौराणिक कथावस्तुमा आधारित रहेको छ । मूलतः यो पर्व होलिकादहनसँग सम्बन्धित हुन्छ । अघिल्लो राति होलिकादहन गर्ने र भोलिपल्ट एकापसमा अनेकौँ रङ्गहरू दलेर होली—फागु खेल्ने प्रचलन रहेको छ । त्यसैले यस पर्वलाई रङ्गहरूको पर्व पनि भन्ने गरिन्छ । ज्ञातव्य छ, होलिका भनेको हिरण्यकश्यपुकी बहिनी, प्रल्हादकी फुपू हुन् । पौराणिक कथाअनुसार होली भनेको ‘होलिका’सँग सम्बन्धित रहेको बुझिन्छ भने ‘फागु’ भन्नाले पूर्वफाल्गुनी नक्षत्रमा पर्ने पूर्णिमाको दिन यो पर्व पर्ने भएकोले हो जस्तो देखिन्छ ।  


स्थान, घटना, परम्परा अनुसार फागु मनाउने प्रचलन फरकफरक छ । बाहिर देखिँदा उस्तैउस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ उपत्यका र अन्यत्रको तरिकामा केही भिन्नता रहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरकै फागुमा पनि केही भिन्नता देखिन्छ । फागु मनाउने तरिका र सांस्कृतिक प्रक्रियाका दृष्टिले काठमाडौँको फागु विशिष्ट देखिन्छ । तर, यसको तात्पर्य अन्यत्रको कमजोर छ भन्नेचाहिँ होइन । अन्यत्र मूलतः होलिकादहन गर्ने, नाचगान गर्ने, रङ्ग खेल्ने गरिन्छ, खानपान गरिन्छ भने काठमाडौँ उपत्यकामा अन्य धेरै पारम्परिक गतिविधिहरू गरिन्छ ।


हाम्रा पर्वहरू प्रकृति, इतिहास र परम्पराबाट विकसित छन् । संस्कृतिको सम्बन्ध खानपान, पहिरनसँग रहेको छ । तर, यी सबै परम्परा कुनै न कुनै ढङ्गले धर्म—पौराणिक प्रसङ्गसँग जोडिएकै देखिन्छ । फागु—होलीको सम्बन्धमा पनि यो कुरा लागू हुन्छ । 

 

पुराणहरूमा लेखिएअनुसार होली—फागुको कथावस्तु यस्तो छ ः 
हिरण्यकश्यपु अत्यन्त तपस्वी दानव राजा थिए । उनले ब्रह्माको तपस्या गरे । त्यस तपस्याबाट ब्रह्मा अत्यन्त प्रसन्न भएर भने, ‘उत्तिष्ठोत्तिष्ठ भद्रं ते तपःसिद्धोद्रसि काश्यप । वरदोद्रहमनुप्राप्तो व्रियतामीप्सितो वरः अर्थात् हे काश्यप ! सिद्ध हौ, उठ उठ, तिम्रो कल्याण हुन्छ । तिम्रो वरदाता म आएँ, इच्छा भएको माग ।’ ब्रह्माले यसो भनेपछि  हिरण्यकशिपुले यसरी वरदान मागे, ‘यदि दास्यस्यभिमतान् वरान्मे वरदोत्तम । भूतेभ्यस्त्वद्विसृष्टेभ्यो मृत्यु भून्मम प्रभो ।। नान्तर्बहिर्दिवा नक्तमन्यस्मादपि चायुधैः । न भूमौ नाम्बरे मृत्युर्न नरैर्न मृगैरपि अर्थात् हे उत्तम वरदाता प्रभु ! मलाई इच्छा अनुसार वर दिने हो भने मेरो मृत्यु सृष्टिका प्राणीबाट नहोस् । भित्र, बाहिर, दिउँसो, राति, अन्यत्र, आयुधले, भुइँमा, आकाशमा, मानिस वा पशुबाट मृत्यु नहोस् ।’ यसै मेसोमा, ‘निर्जीव, देवता, असुर, महानाग कासैले पनि युद्धमा स्पर्धा गर्न नसकोस् । प्राणीको एकाधिकार रहोस् । सबै लोकपालको महिमा मभित्र होस् र तप, योग, प्रभाव आदिमा कसैले कहिल्यै नजितोस् ।’ 


कठोर तपस्या, माग र वरदानका कारण उनले तपस्याका क्रममा व्यक्त इच्छाअनुसार उनी सर्वशक्तिमान् विष्णु वा हरिका विरुद्ध बलियो गरी शत्रुता बढाउँदै थिए । हरि—विष्णुलाई प्रमुख वैरी ठानेका उनले आपूmले प्राप्त गरेको शक्तिका आधारमा आपूmलाई सर्वशक्तिमान घोषणा गरेका थिए । यिनै हिरण्यकश्यपुका छोरा थिए प्रल्हाद । प्रल्हाद भने हरि—विष्णुका परंभक्त थिए । हिरण्यकश्यपुलाई प्रल्हादको हरिभक्ति मनपरेको थिएन । उनी आप्mना छोरा प्रल्हादलाई हरिभक्तिको बाटो छोड्न भन्थे । प्रल्हाद भने यस विषयमा बाबुको कुरा मानिरहेका थिएनन् । प्रल्हादलाई हिरण्यकश्यपुको अर्ति, भय, शक्तिप्रयोग आदिको कुनै असर परेन । 


हिरण्यकश्यपुकी बहिनी थिइन्— होलिका । उनीसँग आगोमा नडढ्ने लुगा थियो । अनेक ढङ्गले सम्झाउँदा बुझाउँदा र अनेकौँ शारीरिक यातना दिँदा पनि बाबुको इच्छा अनुसार चल्दै नचल्ने भएपछि हिरण्यकशिपु प्रल्हादलाई डढाएरै मार्ने टुङ्गोमा पुगे । श्रीमद्भागवत महापुराणमा उल्लेख भएअनुसार उनको निष्कर्ष थियो, ‘परोद्रप्यपत्यं हितकृद्यथौषधं स्वदेहजोद्रप्यामयवत्सुतोद्रहितः । छिन्द्यात्तदङ्गं यदुतात्मनोद्रहितं शेषं सुखं जीवति यद्विवर्जनात् ।  हितकारी औषधि जस्तो भए पराई पनि छोरो नै हो र अहितकारी भए आप्mनै छोरो पनि रोग हो । आफैले आप्mनो अहितकारी अङ्ग काट्नुपर्छ । त्यो त्यागेपछि बाँकी रहेकाले मानिस सुखले बाँच्छ ।’ यसबाट दिन खोजिएको सन्देशलाई द्वन्द्वात्मक विश्लेषण गर्न आवश्यक छ । सामान्य अर्थमा लिँदा कुनै अङ्ग काटेर फ्याँक्दा सिङ्गो शरीर सकुशल रहन्छ भने त्यसो गर्नु जायज नै हो, तर यहाँ फरक मान्यता र प्रतिबद्धताका कारण आप्mनै छोराको प्राणपखेरू लिइँदैछ । यसबाट सत्तास्वार्थ कतिसम्म निर्दयी हुँदोरहेछ भन्ने देखिन्छ । 
हिरण्यकश्यपुले प्रल्हादलाई मार्नका लागि आप्mनी बहिनीको होलिकाको प्रयोग गर्ने प्रयत्न गरे । होलिकाले आगोले नडढ्ने पछ्यौरा ओढेर प्रल्हादलाई काखमा लिइन् । अनि त्यहाँ आगो लगाइयो । त्यति नै बेला अकस्मात आएको बतासले पछ्यौरा उडायो र प्रल्हादको शरीरमा बेरियो, प्रल्हाद बाँचे, होलिका त्यहीँ डढेर भष्म भइन् । होलिका डढेर मरेको, प्रल्हाद जीवित रहेको विषयलाई असत्यका विरुद्ध सत्यको विजयका रूपमा मनाइएको विजय उत्सव नै होली हो । कथामा यस्तै लेखिएको छ । परम्परा यसरी नै प्रचलनमा रहँदैआएको छ र संस्कृतिको रूपमा स्वीकृत भएको छ । 
हिरण्यकशिपुले राज्य शक्तिको उन्माद र राज्यशक्ति जोगाउनका लागि आप्mनै बहिनी प्रयोग गरेर आप्mनै सन्तानलाई समेत सिध्याउन सक्ने विषयका रूपमा बुभ्mन सहयोग पु¥याउँछ । यस्ता घटना पौराणिक कथामा मात्र होइन, कथाबाहिर पनि यस्ता शक्तिसङ्घर्ष र निर्मम घटना भएका धेरै उदाहरण छन् । के संसारको, नेपालकै पनि राजनीतिमा यस्तो भएका इतिहास र उदाहरण छैनन् र ? यो विषय बालि—सुग्रीव, रावण—विभीषण, कंस—कृष्णका कथामा मात्र सीमित छ र ? भण्डारखाल, कोत आदि पर्वैपर्व हामीले पढे सुनेका विषय छैनन् र ? 


भौतिक रूपमा सफायाको विषयलाई पन्छाएरै हेर्ने हो भने चलनचल्तीको राजनीतिमा पनि यस्ता अनेकौँ घटना भएको देखिन्छ । भारतमा मात्र हेर्ने हो भने पनि त्यहाँ इन्दिरा गान्धीका दुई छोरा सञ्जय र राजीव फरकफरक राजनीतिमा किन बाँडिएका थिए ? अहिले पनि मेनका र सोनिया किन फरकफरक धारको राजनीतिमा छन् ? हाम्रो नेपालमा विश्वेश्वरप्रसाद कोइराला, त्यसै परिवारका मातृका कोइराला किन सँगै रहेनन् ? विश्वेश्वर कोइरालाहरूसँग कमल कोइराला किन सँगै रहेनन् ? राजनीति भनेको आफैमा सत्ता हो, तर यो सत्ता राजकीय मात्र हुँदैन, वैचारिक मनोवैज्ञानिक पनि हुन्छ । राजकीय राजनीतिको मनोविज्ञानका कारण आफन्तहरूका बिचमा पनि राजनीतिक द्वन्द्व हुने र फरक फरक बाटो समात्ने हुन्छ । सभ्य समाज भएकोले यतिबेला प्रत्यक्ष काटमारको कुरा नभए पनि अनेकौँ जालझेल, षड्यन्त्र, दाउपेच भएको सबैले देखिएकै छ । 


हिरण्यकशिपु र प्रल्हादसम्बन्धि कथामा प्रल्हाद जन्मदेखि नै ज्ञानी थिए भन्ने विषय रहेको छ । उनी गर्भमा छँदा उनकी आमा कयाधुले ज्ञानगुन, आचार—विचार, सद्विचार सुन्ने र सत्कर्म गर्थिन् भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । यस विषयमा आजका वैज्ञानिकहरूको अध्ययन छ कि छैन ? छ भने गर्भिणीको क्रियाकलापको असर गर्भस्थ शिशुमा पर्छ कि पर्दैन ? अध्ययन गरिएको छैन भने अध्ययन गर्नुपर्छ कि ? यस्ता विषय हाँसोमा उडाउने विषय होइनन् । 


कृष्णलाई मार्ने उद्देश्यले कृष्णलाई विषयुक्त आप्mनो स्तनपान गराएकी पुतना नाम गरेकी कंस पक्षीय राक्षसीलाई कृष्णले स्तनपान गरेरै इहलीला समाप्त पारिदिएको खुसीमा मनाइएको उत्सवसँग पनि यसलाई जोड्ने गरेको पाइन्छ, तर तार्किक दृष्टिले हेर्दा होलिकादहन नै होलीको अन्तर्वस्तु भएको स्पष्ट हुन्छ । कसैकसैले होली पर्वलाई शूद्र पर्वका रूपमा अथ्र्याएर यसलाई वहिष्कार गर्नुपर्ने सम्मका कुरा गर्ने गरेका छन् । यस्तो तर्क गर्नेहरूलाई यसको अन्तर्वस्तुबारे ज्ञानको अभाव हो भन्न सकिन्छ । शूद्रलाई श्रमिकको अर्थमा बुझ्ने हो भने यो पर्व श्रमजीवी पक्षीय पर्वका रूपमा बुझ्न सकिन्छ  । अन्य पर्वमा जस्तो यस पर्वमा चोखोनितो, सुग्घरसफाइ, कठोर व्रत आदि गर्न नपर्ने, सबै मानिसहरू सहज सहभागी हुन सक्ने पर्व हो । के मनुस्मृतिमा लेखिएका शूद्र हाम्रो समाजमा छन् र ? छन् भने ती को हुन् ? के चलनचल्तीमा दलित भनिएका समुदाय शूद्र हुन् ? मनुस्मृति पढ्दा यस्तो देखिँदैन ।

सबै मिसिने, सबै रमाउने, रङ्गमा रँगिने, वसन्त ऋतुको स्वागत गर्ने, यस्तो रमाइलो पर्वलाई परम्पराको जगमा आजको युग सुहाउँदो गरी मनाउन र यसका कमजोरीहरू सच्याउन पर्ने क्रियाकलाप सच्याउन पर्ने जिम्मेवारी सबैको हो । फागु—होली पर्वको प्राचीन सन्दर्भबाट शिक्षा लिने भनेको जतिसुकै ठूलो शक्ति किन नहोस् आस्था निष्ठालाई परास्त गर्न सक्दैन । आस्था निष्ठा कस्तो हुने,  विचार भावना कस्तो राख्ने भन्ने विषय महत्वपूर्ण हो । राजकीय शक्ति प्रयोग गरेर मानिसको भावना परिवर्तन गर्न सकिँदैन । अरुलाई डढाउन खोज्दा आफै डढिन्छ ।