images
images

‘नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्छ’

काठमाडौँ, जेठ १० (रासस)
सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ कोे नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभएको  छ ।
     

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैँ उहाँहरुले सरकारले सबै क्षेत्रलाई समेटर जनतामुखी कार्यक्रम ल्याएको हुँदा यसलाई प्रभावकारी कार्यान्वयन लैजानुपर्छ भन्नुभयो  ।
   

छलफलमा भाग लिँदै सांसद सूर्यमान दोङले नीति तथा कार्यक्रममार्फत सरकारले जनमुखी र यथार्थपरक कार्यक्रम ल्याएको  हुँदा यसलाई राष्ट्रिय सहमतिका साथ पारित  गरेर कार्यान्वयनमा लैजानुपर्छ भन्नुभयो । सांसद शङ्कर भण्डारीले मुलुक अपठ््यारो अवस्थामा रहेकाले पुनः एक पटक राष्ट्रिय सहमति, सहकार्य र सद्भावका साथ अघि बढ्नुपर्ने खाँचो औंँल्याउनुभयो ।

 

सांसद मङ्गलप्रसाद गुप्ताले कृषि उत्पादन प्रवद्र्धन र किसानलाई प्रोत्साहित गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सांसद हितबहादुर तामाङले अहिलेको नीति तथा कार्यक्रम सबैले गौरब गर्न लायक रहेको जनाउँदै समर्थन जनाउनुभयो ।

 

सांसद ईश्वरीदेवी न्यौपाने जनताको आवश्यकतालाई प्राथमिकता दिएर देशको आर्थिक समृद्धिलाई अघि बढाउनेगरी नीति तथा कार्यक्रम आएको जनाउँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

 

सांसद सुनिता बरालले जटिल रुपमा रहेको अर्थतन्त्रलाई सुधार गरी हालको आवश्यकतालाई ध्यान दिएर नीति तथा कार्यक्रम अघि बढाइनुपर्नेमा जोड दिनुभयो । सांसद लेखनाथ दाहालले नीति तथा कार्यक्रम शरल व्यवहारिक र वस्तुवादी रहेको जनाउँदै अहिले उठाइएको विषयलाई आगामी बजेटमा समावेश हुने विश्वास व्यक्त गर्नुभयो ।