काठमाडौँ - यक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको सुमधुर आवाजमा सजिएको ’ठेकीमा मदानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक फ्लेवरको यस गीतमा शब्द साजन पराजुलीको रहेको छ । स्वयम गायक अर्यालले संगीतवद्ध गरेको यस गीतलाई नारायण दंगालले संगीत संयोजन गरेका हुन् ।
युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा सुधिर श्रेष्ठ र सुपा खनाल बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। भिडियोमा सुदिप आचार्य र सुज्मा थापाको समेत अभिनय देख्न सकिन्छ । सुरेश पाण्डेले कोरियोग्राफी गरेको यस भिडियोलाई महफुज अन्सारीले छायाँकन गरेका हुन् । भिडियोमा सुबाश देवकोटाको सम्पादन रहेको छ ।
मोहन घिमिरे निर्माता रहेको यस भिडियोलाई सुधन धितालको निर्देशनमा तयार पारिएको हो । ’क्ल्यासिक फ्रेम मुभिज’को आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।