images
images

‘पढ्ने, लेख्ने, सिक्ने क्रम कहिले सकिदैन !’

काठमाडौँ, जेठ अनलाईन बहस
राजनीति, राजनीति मात्र हुँदैन । विचार र संगठन विनाको राजनीति दिगो हुँदैन । अहिले नेकपा एमाले यही विचार र संगठनमा ध्यान दिएर लागिपरेको छ । एमालेको पङ्क्ति भन्छ, ‘पढ्ने, लेख्ने सिक्ने क्रम कहिले सकिदैन । यो जीवनभरि नै चलिरहन्छ ।’ नयाँले त पार्टी राजनीतिबारे जान्नैपर्ने छ । 

 

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को धनकुटा जिल्ला पार्टी स्कुल विभागको आयोजनामा हालै तीन दिने आवासीय प्रशिक्षण सम्पन्न भएको छ ।   पार्टीको महाधिवेशनबाट पारित कार्यक्रम, निति र कार्यदिशा, जबज र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाँक्षा, मार्क्सवाद– लेनिनवादको परिचय, समाज विकासक्रम, नेपाली समाजको वर्ग चरित्र र नेपाली समाजको इतिहास, नेपाली कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास, संगठन निर्माण, संचालन र व्यावस्थापन साथै संघीय संरचना र पार्टी काम, मिडिया र प्रविधि, कार्यालय र कार्यक्रम व्यवस्थापन, जनवादी संस्कृति, कार्यशैली र अनुशासन र  धनकुटा जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास प्रशिक्षणका विषय रहेको पार्टी स्रोतले जनाएको छ । 

 

धनकुटाको पाख्रीवासमा सम्पन्न यस प्रशिक्षणका प्रशिक्षकहरू नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय कमिटीका उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, पोलिट्ब्युरो सदस्य एवं पार्टी स्कुलका बागमती संयोजक ईश्वरी रिजाल, केन्द्रीय  पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्य, कस्कुल विभागका कोशी संयोजक गुरु बराल, पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल गुराँगाई रहनुभएको थियो । प्रशिक्षणबाट नेता कार्यकर्ताहरूमा नयाँ उत्साह थपिएको बताक्ष्एको छ ।