काठमाडौँ, साउन ११
माइतिघर मण्डलामा लघुवित्त तथा वित्तिय शोषण विरुद्ध धर्ना कार्यक्रम भइरहेको छ ।
विभिन्न सहकारी संस्थाका पीडितहरुले आफ्नो निक्षेपको साँवा र ब्याज तत्काल फिर्ता गर्न माग गर्दै माइतीघर मण्डलामा व्यापक प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले ‘सहकारीले ठग्नु हुँदैन’, नागरिक सहकारी निक्षेपकर्तालाई न्याय दिनुहोस्’ जस्ता नारा लगाएका थिए ।