एजेन्सी - कम्प्युटर अन हुने बित्तिकै धेरैले रिफ्रेस गर्न शुरू गर्दछन् । सायद तपाई पनि त्यसमा पर्नुहुन्छ होला । किनभने १० मध्ये ९ विन्डोज प्रयोगकर्ता डेस्कटप वा ल्यापटप खोल्ने बित्तिकै रिफ्रेश गर्दछन् ।
धेरैमा माउसलाई राइट क्लिक गरेर रिफ्रेश गर्ने बानी हुन्छ । कतिपय त लगातार यसो गर्दछन् । धेरैले रिफ्रेश देखासिकीकै भरमा गर्दछन् यसले कम्प्युटर फास्ट चल्ने उनिहरु सोच्दछन् । केही मानिसहरु कम्तीमा ३० सेकेन्डसम्म रिफ्रेश गरिरहन्छन् । तर यसरी गरीने रिफ्रेशले कम्प्युटरलाई केही असर हुन्छ कि हुँदैन होला ? तपाई थाहा छ ?
रिफ्रेश गर्दा कम्प्युटरमा के असर पर्छ ?
रिफ्रेश गर्दा डेस्कटपमा जुन आइकन हुन्छ त्यसमा केही हलचल पक्कै हुन्छ तर त्योभन्दा बढी केही पनि हुँदैन । यसले र्याम रिफ्रेश हुँदैन । रिफ्रेश गर्दा तपाईंको कम्प्युटर फास्ट पनि हुँदैन । डेस्कटप रिफ्रेश गर्दा कम्प्युटरको क्षमतामा वृद्धि पनि हुँदैन ।
त्यसो भए किन राखिन्छ रिफ्रेश बटन ?
रिफ्रेश टूल डेस्कटपको आइकनलाई रि–डिस्प्ले गर्नका लागि बनाइएको हो । यदि डेस्कटपको आइकनमा केही परिवर्तन गरियो भने त्यो तत्काल देखिँदैन । यस्तोमा जब रिफ्रेश गरिन्छ तबमात्र सबै आयकन डेस्कटपमा देखिन्छ । यस्तोमा जब रिफ्रेश गरिन्छ तब नयाँ आइकन सेट भएर डेक्सटपमा देखा पर्दछ । –बीबीसी