images
images

खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा विकासको माध्यम : अध्यक्ष दाहाल

काठमाडौं, मंसिर २४ (रासस)
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेदकुद  जनता–जनताबीचको सम्बन्धलाई सुदृढ गर्ने माध्यमका रूपमा रहेको बताएका छन। 
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको १८ वर्षमुनिको एसिया रग्वी प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदले देशको अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचाराको विकासमा ठूलो भूमिका निर्वाह गर्ने बताए ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना हुँदा यहाँको खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । भर्खरै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्वीलाई पनि समावेश गरिएको उनले बताए । 

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ पाँचवटा टोलीको सहभागिता छ । प्रतियोगितामा विभिन्न आठ एसियाली देशका खेलाडी सहभागी छन् ।