images
images

काठमाडौंमा भारी वर्षा, नदी किनारको यात्रा गर्दा होशियार हुन आग्रह

काठमाडौँ - काठमाडौं उपत्यकामा रातिदेखि नै भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै केही समय जारी रहन्छ । निरन्तरको वर्षाले उपत्यकाका मनोहरा, हनुमन्ते, बागमती र यसका सहायक नदीमा जल सतह बढ्दो रहेकोे छ ।

नदी किनार हुँदै यात्रा गर्दा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । विभागले बिहान ६ बजे सूचना जारी गर्दै अर्को ३ घण्टा नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन भनेको हो ।