images
images

७४९ स्थानीय तहको मत परिणाम सार्वजनिक, कुन दलले कहाँ कति जिते ?

काठमाडौँ - बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा छ । हालसम्म बिहिबार बिहान ६ बजेसम्म ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसले ३२७ पालिका प्रमुख जितेको छ भने नेकपा एमालेले २०५ पालिका प्रमुख जितेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले १२१ पालिका प्रमुख जितेको छ । जनता समाजवादी पार्टीले ३०, नेकपा एकिकृत समाजवादी पार्टीले २० पालिका प्रमुख जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिकामा प्रमुख पद जितेको छभने राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान ४(४ पालिकामा प्रमुख पद जितेका छन् ।

जनमत पार्टीले २ पालिकामा प्रमुख पद जित्दा नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले १(१ पालिकामा प्रमुख पद जितेका छन् ।

यस्तै, स्वतन्त्रबाट उठेका १२ जनाले पालिकामा प्रमुख जितेका छन् । अब चार पालिकाको मत परिणाम आउन बाँकी रहेको छ ।