सम्पादकीय
काठमाडौं, माघ २४ (अनलाईन बहस)
पूर्व गृहमन्त्री तथा पत्रकार रवि लामिछानेले एकाएक पत्रकार सम्मेलन गरी धेरै पत्रकारहरुको वास्तविक चरित्र उदाङ्गो गरेपछि वातावरण तातेर आएको छ । पत्रकारिताको नाममा ठगी तथा भ्रष्टचार गर्ने यो ‘१२ भाईको समूह’ केवल एक प्रतिनिधि पात्र मात्र हो । प्रेश स्वतन्त्रताको गलत फाइदा लिएर यस्तो समूहले देशमा हाल कलुषित तथा वितृष्णाको वातावरण ल्याएको छ । पत्रकारिता भनेको ठगीको पेशा हो भन्ने कुरा जगजाहेर हुँदै गएको छ । पत्रकारिताको खोल ओडेर समाजमा स्थापित हुँदै ठगी, भ्रष्टचार, मोलमोलाई गर्ने व्यक्तिहरु अब उदाङ्गो हुंदै जांदैछन ।
यस किसिमको पत्रकारिताले प्रजातन्त्रमै गम्भीर हमला बोलेको छ । पत्रकारितामा सफल हुँदै गएका व्यक्तिहरु ‘सिण्डिकेट’ माध्यमबाट कुनै व्यक्ति वा संस्थालाई होच्याउने वा ढाल्न खोज्ने प्रवृत्तिको इतिहास नेपालमा लामै छ । केही समय अघि मात्रै यस्तै सिण्डिकेटले
केपीओली र नेकपा (एमाले) पार्टि बिरुध्द यस्तै अभियान छेड्यो । तर, जनताहरु अब ‘सिण्डिकेट’ पत्रकारिताबाट आजित भएको कुरा नेकपा (एमाले) ले गत निर्वाचनमा सफलता हासिल गर्नुबाट केही पुष्टि हुन्छ । स्थापित पार्टीहरु ‘सिण्डिकेट’ पत्रकारितालाई झेल्न सक्लान, तर व्यक्ति विशेषलाई यो निकै कष्टदायक हुन्छ । कतिपयले यस्ता कार्यबाट अजित भएर आत्महत्या समेत गरेका छन् । सवै व्यक्तिहरु गोकुल बाँस्कोटा जत्तिकै मजबुत् हुंदैनन् ।
रवि लामिछानेको यो उद्घोषले पत्रकारिताको वातावरण केही तरङ्गीत भएको छ । पत्रकारिताको निम्ति यो एउटा सुध्रिनु पर्ने अवसर पनि हो । उन्को कुरामा प्रशस्त सत्यता लुकेको छ । यस विरुध्द बक्तव्यबाजी गर्नु भन्दा यर्थालाई स्विकारी अब सच्चिदैं अघि बढ्नु नै ‘१२ भाई’ तथा समग्र पत्रकारिता क्षेत्रलाई उपयुक्त हुन्छ । पत्रकारिताको नाममा जनता र प्रजातन्त्रलाई नमारौं, स्वच्छ, समृध्द र आशाको वातावरण सिर्जना गरौं ।