images
images

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौँ– नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा पुर्पक्षको लागि तनहुँ जिल्ला कारागारमा थुनामा रहेका अभिनेता पल शाहलाई थुनामै राख्ने आदेश दिएको छ ।

बिहीबार उच्च अदालत पोखराले शाहलाई थुनामै राखेर अनुसन्धान अघि बढाउने आदेश दिएको हो । नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध पलले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको बिहीबार साँझ संयुक्त इजलासले उक्त आदेश सुनाएको हो । यसअघि तनहुँ र नवलपुर अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि पल शाह पक्षधर वकिलहरूले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने भन्दै उच्च अदालत पोखरामा दुवै जिल्लाको थुनछेक आदेशविरुद्ध निवेदन दिएका थिए ।

बिहीबार उच्चमा भएको सुनुवाइमा अभिनेता शाहको तर्फबाट पाँच जना र ‘पीडित’ नाबालिगको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट एकजना सरकारी वकिलले मात्रै बहस गरेका थिए। पीडितको पक्षमा यसअघि तनहुँ र नवलपुरमा बहस गरेका वकिलहरुले उनले बयान फेरेसँगै मुद्दाबाट हात झिकिसकेका छन् । उच्च अदालतमा न्यायधिशसामु धरौटीमा छोड्ने वा साधारण तारेखमा छाड्ने या थुनामै राखेर अनुसन्धान गर्ने तीन विकल्प थिए ।