काठमाडौँ - शुक्रबार बिहान पहिरोले सडक भत्काएआपछि अवरुद्ध रहँदै आएको पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी सडक खण्ड आइतबारदेखि पूर्ण रुपमा खुलेको छ।
जेठ २७ गते बिहान साँखरमा पहिरोले सडक भत्काएपछि सडक अवरुद्ध रहँदै आएको थियो। २७ गते दिउँसो सडक एकतर्फी रुपमा सुचारु गरिए पनि राति भने बन्द हुने गरेको थियो।
मालबाहक र ठूला सवारी साधन बन्द रहँदै आएकामा २९ गतेदेखि सबै सवारी साधन पूर्ण रुपमा खुला गरिएको तनहुँ प्रहरीले जानकारी दिएको छ।
मुग्लिङ-आँबुखैरेनी सडक बन्द भए पनि याम्फा फाँटदेखि घाँसिकुवासम्मको सडक खण्ड भने रातिको ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको पनि प्रहरीले जानकारी दिएको छ।