images
images

कुमारी जबद्वारा सञ्चालित “प्रोफेसनल एच आर ट्रेनिङ” सम्पन्न

काठमाडौँ - कुमारी जबद्वारा सञ्चालित “प्रोफेसनल एच आर ट्रेनिङ” सफलतापुर्वक सम्पन्न भएको छ । नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवि र दक्ष व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो । विभिन्न संघ–संस्थामा कार्यरत अनुभवि व्यक्तित्व देखि मानव संसाधनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको सहभागिता रहेको यस प्रशिक्षण २४ दिन सम्म सञ्चालन भएको थियो ।

शेर्पा हस्पिटालिटी ग्रुपका एच आर भाईस प्रेसिडेन्ट भुवनराज जोशी, लक्ष्मी ग्रुपका सहायक महाप्रबन्धक कृष्णबहादुर सिंह, डिस मिडिया नेटवर्कका एचआर एण्ड एडमिनिस्ट्रेशन हेड नेहा जोशी, माछापुच्छ्रे बैंक लिमिटेडका ऋचा पाण्डे र एशियन पेन्ट्सका सुधीर ढुंगेल लगायत अन्य प्रतिष्ठित संस्थानका अनुभवि व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको थियो । 

कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, “नेपालको मानव संसाधन क्षेत्रमै हामीले नयाँ प्रयोग गरेर प्रशिक्षण सञ्चालन गरेका छाँै र पहिलो सत्रमै यस्तो उत्साहजनक सहभागिता देखेर मलाई खुशी लागेको छ । मलाई आशा छ कि यस तालिममा सहभागि सम्पूर्ण प्रशिक्षार्थीहरुले अझै धेरै काम लाग्ने कुरा सिक्नुभएको छ, जुन वहाँहरुले व्यवहारमा उतारेर आफ्नो कार्यस्थलमा अझै उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन । यस्तो किसिमको तालिमले व्यक्तिको संगठनात्मक र अन्तर–व्यक्तिगत सीप मात्र विकास नगरि सङ्गठनको समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ ।”

एक संस्थानको हैसियतमा आफ्नो कर्मचारीहरुलाई कसरी राम्रो सेवा सुविधा दिन सकिन्छ र कर्मचारीहरुबाट पनि कसरी संस्थाले फाईदा लिन सक्छ भन्ने उद्धेश्यले प्रशिक्षणमा सहभागि भएको एक सहभागिले बताउनुभयो । प्रशिक्षणमा सहभागि भएर आफुले अहिले प्रचलित श्रम ऐन तथा नियमावलीको बारेमा पनि जानकारी पाएको वहाँले बताउनुभयो । साथै पायक पर्ने ठाउँँ र मिलनसार कर्मचारीहरुको सेवाले पनि प्रशिक्षण झनै रमाइलो भएको अर्का एक सहभागिले बताउनुभयो । प्रतिष्ठित संस्थाहरुबाट आउनुभएका अनुभवि र दक्ष प्रशिक्षकहरुको प्रशिक्षण र वहाँँहरुको अनुभवबाट पनि अझै धेरै कुरा जान्ने र बुझ्ने मौका मिलेको सहभागिहरुले बताए । प्रशिक्षण अन्तरक्रियामुलक, जानकारीमुलक र रमाइलो भएको उनीहरुको प्रतिकृया थियो ।

तालिमको पहिलो ब्याचको बृहत सफलतापछि कुमारी जबले असार १४ गतेदेखि दोस्रो ब्याच पनि सञ्चालन गरिरहेको छ। इच्छुक व्यक्तिहरूले जततउकस्ररतष्लथगच।िअयmरथतउगवद्धाच मा लग इन गरेर अथवा वा कुमारी जबको टेलिफोन नम्बरमा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सक्नुहुनेछ । ह्युमन रिसोर्सको क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्ने र त्यसमै करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम कोशेढुङ्गा साबित हुनेछ । एच् आर ट्रेनिङको साथ–साथै कुमारी जबले समय–समयमा लेखा परिक्षण, एक्सेल, डिजिटल मार्केटिङ जस्ता विषयहरुमा पनि प्रशिक्षण सन्चालन गर्दै आइरहेको छ ।