images
images

आईजीपी नियुक्तिविरुद्धको रिटको आज सुनुवाइ

काठमाडौँ l नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज (बुधबार) पहिलो सुनवाइ हुने भएको छ ।

गएको सोमबार पोखरेलले आईजीपीमा धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए । उनले वरिष्ठता र कार्यसम्पादन मूल्याङ्गनमा आफू अगाडि रहेकाले सिंहको नियुक्ति कानुनविपरीत रहेको रिटमा उल्लेख गरेका छन् ।
 

पोखरेल सिंहभन्दा १६ महिना पहिले एआईजी भएका थिए । आइतबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआईजीलाई पाखा लगाउँदै कनिष्ठ एआईजी सिहंलाई आईजीपी नियुक्त गरेको थियो ।

एआईजी थापा आजबाट काममा फर्किंदै

सरकारले नेपाल प्रहरीको महानिरीक्षक धिरजप्रताप सिंहलाई बनाएपछि असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा आज (बुधबार) बाट काममा फर्किने भएका छन् ।

सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र गृह सचिव टेकनारायण पाण्डेलाई भेटेर थापाले आफू बुधबारबाट काममा फर्किने बताएका हुन् । गत आइतबार मन्त्रिपरिषद् बैठकले सिंह आईजीपी बनाउने निणर्य गरेपछि असन्तुष्टि जनाउँदै थापाले १० दिनको बिदा लिएका थिए । अर्का असन्तुष्ट एआईजी विश्वराज पोखरेलले भने आइतबारै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराइसकेको छन् ।