images
images

डान्स मास्टर लिल च्याम्प्स’को भोटिङ्ग पार्टनरमा पे–वेल

काठमाडौँ - डान्सिङ रियालिटी शो डान्स मास्टर लिल च्याम्प्स को भोटिङ्ग पार्टनर पे वेल बन्ने पक्का भएको छ । आइतबार एक कार्यक्रमका बिच थ्रि प्रोडक्सन र पे–वेल बिच सम्झौता भएको हो । 

बालबालिका केन्द्रित यस शोको डिजिटल अडिसन यस अघि नै सम्पन्न भईसकेको छ । उक्त अडिसनबाट छानिएका प्रतिभाहरूका लागी चाडै नै फिजिकल अडिसन सुरु गरिने निर्माण पक्षले जनाएको छ ।  काठमाडौँ, बिराटनगर, पोखरा, इटहरी, चितवन, आसाम र सिक्किममा फिजिकल अडिसन गरिनेछ । 

बालबालिकामा भएको प्रतिभालाई उजागर गर्न र उनीहरूलाई प्रोत्साहन गर्न यस खालको कार्यक्रमले मदत गर्ने भन्दै आफूहरू यस कार्यक्रमको हिस्सा हुन पाएकोमा पे–वेलका सी.ई.वो सत्यन्द्र श्रेष्ठले खुसी व्यक्त गरे । शोको निर्णायकमा तेरिया फौजा मगर, रोजिया महर्जन रहेका छन् । 

सुपर जजको रूपमा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् भने शोको होस्ट सुमन र रीमा विश्वकर्माले गर्नेछन् । कमेडी च्याम्पियन जस्तो सफल रियालिटी शो तयार गरेको ’थ्रि प्रोडक्सन’ले नै यस शोको निर्माण गर्न लागेको हो ।  शो निर्माणमा नेपा डान्स एकेडेमीले सहकार्य गरेको छ ।

डान्स मास्टरको उपाधि जित्नेले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो कोरियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।