काठमाडौं, २२ असोज
अनलाईन बहस सम्बाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रम बिच समृद्धिको अन्र्तवस्तुः मन, मस्तिष्क र मनस्थिति विषयक पुस्तकको लोकापर्ण गर्नु भयो । प्रा.डा. तत्व तिम्सिना द्वारा लिखित उक्त पुस्तकले समृदिद विषयलाई मिहिन ढङ्गले प्रस्तुत गरेको छ । ३८० पृष्ठको उक्त पुस्तकले समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्पलाई जीवनस्तरमा उतार्न आवश्यक पर्ने उपायहरुबारे विस्तृतमा छलफल गरेको छ ।
पुस्तक लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले समृद्ध अभियानलाई जनस्तरमा पु¥याउनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले अब यो अभियान समग्र विश्वलाई
नै आवश्यक पर्दै गएको कुरामा प्रकाश पार्नुभयो । यो अभियान अब युवा पुस्ताले हाँक्नु पर्नेमा उँहाको जाड थियो ।
केही दिन भित्रै देशका ७७ अै जिल्ला र अमेरिका लगायत कतिपय देशमा यो पुस्तक प्राप्त गर्न सकिने कुरा बताइयो । पुस्तकका लेखक प्रा. डा. तत्व तिम्सिनाले समृद्धिका अन्र्तवस्तु नबुझि समृद्ध अभियान सञ्चालन गर्न पनि सकिदैन र यसबारेको चेतना सबैलाई आवश्यक परेको बारे बताउनु भयो । मानव केन्द्रित विकास र समृद्धिउन्मुख मनस्थितिको विकास गरी यो अधि बढाउन सकिने उहाँको राय थियो । उक्त कार्यक्रममा विभिन्न विधाका पाँचजना युवाहरुले आ–आफ्नो विचार राखेका थिए ।