images
images

नेपाल बैंकद्धारा डवल धमाका योजना सार्वजनिक 

काठमाडौं, साउन
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार ग्राहकहरुले यो मुद्दती खातामा लगानी गरेको रकम छ वर्ष चार महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा सात वर्ष तीन महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ । त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा छ वर्ष ११ महिना दुई दिनमा दुई गुणा हुनेछ ।
यो मुद्दती खाता खोल्ने ग्राहकहरुले पाँच लाख सम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ । नेपालभर दुई सय १९ वटा शाखाहरु, एक सय ८३ वटा एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
बैंकले छिटो–छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।