काठमाडौँ, जेठ २८ (अनलाईन बहस):
अध्यक्षको उपस्थितिमा विभाग प्रमुखहरूको बैठक नेकपा एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठकको निर्णयका जगमा केन्द्रीय सचिवालयको बैठकले महत्वपूर्ण निर्णयहरू लिएको छ । सचिवालयले गरेको कार्यविभाजनका आधारमा कामलाई प्रभाककारी ढंगले अघि बढाउने सन्दर्भमा केन्द्रीय सचिवालयको वैठक सम्पन्न भएको हो । त्यसले जिल्ला बाहिरबाट जानुहुने इन्चार्जलाई काममा अनुकूलता सिर्जना गर्ने तथा पालिका इन्चार्जहरूलाई पालिकाको कामको नेतृत्व गर्नका लागि संयन्त्र निर्माण गर्ने गरी योजना बनेको छ । अब यथाशीघ्र तोकिए अनुसारको जिम्मेवारी हस्तान्तरण र बहन गर्नका लागि योजना बनाउनु पर्दछ ।
जनसंगठनको कामलाई वैठकको योजना अनुसार अघि वढाउने सन्दर्भमा जनसंगठनको समन्वयको बैठक सम्पन्न भएको छ । प्रदेश तहमा समेत केन्द्रीय सदस्यलाई संयोजनको जिम्मेवारी प्रदान गरिएको छ । सो जिम्मेवारीलाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा योजना बनेको छ । पार्टी स्कुल विभागको बैठक पनि सम्पन्न भइसकेको छ ।
विभागीय कामका सन्दर्भमा पार्टी अध्यक्षको उपस्थितिमा विभागीय कामका संयोजक र विभागका प्रमुखहरूको बैठक पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । बैकले एक हप्ता भित्र जिम्मेवारी अनुसारको काम अघि बढाउने र असार मसान्तसम्म वार्षिक कार्ययोजना तयार गरी काम अघि बढाउने निर्णय गरेको छ ।
भूगोलको कामलाई प्रभावकारी ढंगले सम्पादन गर्ने सन्दर्भमा प्रदेश इन्चार्जहरूले परामर्श बैठकहरू आयोजना गर्ने र काम अघि वढाउन पहल गरिरहनु भएको छ । वाग्मती प्रदेशको कामका सन्दर्भमा केन्द्रीय कार्यालयले सोमबार १ बजे बैठक आयोजना गरेको छ ।
मिसन २०८४ उद्देश्य अनुरूप नेकपा(एमाले)लाई बलियो राष्ट्रिय शक्तिका रूपमा सुदृढ गर्ने र कसैसँग तालमेल नगरी पार्टीको एकल बहुमत प्राप्त गर्ने योजना अनुरूप पार्टी अघि बढेको छ । एक वर्षका लागि तय गरिएको कार्ययोजना र कार्य विभाजनको विशेष अर्थ र महत्व रहेको पार्टीले जनाएको छ ।