images
images

सानिमाका सबै खाताहरुमा मासिक ब्याज साथै बम्पर धमाका योजना  

काठमाडौँ - नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ । बैंकले नेपाली तथा विदेशी मुद्राः अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरुमा महिनै पिच्छे ब्याज दिन लागेको हो । यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरुमा लागू भएको छ ।

साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता ल्याएको छ । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिनेछ । व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण, तथा निःशुल्क क्रेडिट कार्डको लिन सक्ने व्यवस्था पनि गरिएको छ ।

त्यस्तै मासिक बचत गरी अधिकतम ब्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त ब्याज तथा किस्ता रकम समेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ बर्षको सानिमा रिकरिङ्ग खाता समेत सुरु गरेको छ । यसमा भविष्यमा ब्याज घट्ने चिन्ता समेत हुँदैन । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

योजना सानिमा रेमिट्यान्स धमाका मुद्दती खाता सानिमा धमाका मुद्दती खाता सानिमा कर्पोरेट धमाका मुद्दती खाता

दुई गुणा ५.७९ वर्ष (६९ महिना र १४ दिन) ६.३२ वर्ष (७५ महिना र २४ दिन) ६.९४ वर्ष (८३ महिना र ७ दिन)

तिन गुणा ९.१८  वर्ष (११० महिना र ३ दिन) १०.०१ वर्ष (१२० महिना र १ दिन) ११  वर्ष (१३१ महिना र २८ दिन)

चार गुणा ११.५८ वर्ष (१३८ महिना र २९ दिन) १२.६३ वर्ष (१५१ महिना र १४ दिन) १३.८८ वर्ष (१६६ महिना र १५ दिन)

पाँच गुणा १३.४५ वर्ष (१६१ महिना र २ दिन) १४.६६ वर्ष (१७५ महिना र २५ दिन) १६.१२ वर्ष (१९३ महिना र १० दिन)

न्यूनतम मौज्दात रु. ५००,००० रु.५००,००० रु. १,०००,०००