२६ जेठ, काठमाडौँ
नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैया घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो ।
अन्तराष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इन्धन आयल कर्पेरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालन समिति मूल्य बढाउन निर्णय गरेको हो ।
पेट्रोलमा लिटरको ८ रुपिंया तथा मट्टीतेल र डिजलमा १२ रुपिंया मूल्य बढेको आयल निगमले जनाएको छ ।
अब एक लिटर पेट्रोलको १६८ रुपिंया पर्छ भने मट्टीतेल र डिजलको १६५ रुपिंया पुगेको छ ।
एलपी ग्याँस तथा हवाई इन्धनको मूल्य भने बढेको छैन ।
मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपिंया ७० पैसा तथा डिजलमा १८रुपिंया ०१ पैसा घाटा रहेको दाबी छ । मट्टीतेलमा भने प्रतिलिटर १७ रुपिंया ०१ पैसा नाफा छ ।